सांसद निरु पाल घटना : अनुसन्धानका लागि समिति
काठमाडौं : सांसद निरु पालको घटना अनुसन्धान गर्न काठमाडौंका प्रहरी उपरीक्षक रामदत्त जोशीको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको छ ।
एसपी जोशीको संयोजकत्वमा बनेको समितिमा बानेश्वर परिसरका डीएसपी गोबिन्द काफ्ले र इन्सपेक्टर सुरेन्द्र केसी छन् । उक्त घटनाको विस्तृत अध्ययन अनुसन्धान गरी घटनाको यथार्थ विवरण छिटो पत्ता लगाउने निर्देशन दिएको काठमाडौका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
उक्त घटनामा पक्राउ परेका ९२ मध्ये १६ जना माथि अनुसन्धान चलिरहेको प्रहरी प्रमुख एसएसपी पोखरेलले बताए । साउन १५ गते साँझ ८ बजे दूध लिन कोठाबाट पसलमा जाँदै गर्दा गल्लीमा बसेका समूहका एक जनाले सांसद पालको घाँटीमा पेस्तोल राखेर ज्यान मार्ने धम्की दिएका थिए ।