शव काट्नेलाई पक्राउ गर्न गएका प्रहरी दोस्रो पटक पनि रित्तै फर्किए

शव काट्नेलाई पक्राउ गर्न गएका प्रहरी दोस्रो पटक पनि रित्तै फर्किए

गोरखा : शव काटेको आरोप लागेकालाई पक्राउ गर्न काशिगाउँ पुगेको प्रहरी आइतबार पनि रित्तै फर्किएका छन्। स्थानीय भीम गुरुङको शव काटेको र गाउँकी एक वृद्धालाई बोक्सी भनेको आरोपमा उजुरी परेकालाई पक्राउ गर्न नसकेर शनिबार रित्तै फर्किएका प्रहरी आइतबार थप बलसहित जाँदा पनि रित्तै फर्किएका हुन्।

स्थानीय एक वृद्धा बोक्सी लागेर गुरुङको मृत्यु भएको र मृतकको शरीरबाट सर्प, भ्यागुता, छेपारो निकाल्ने भन्दै गत साउन ११ गते मृतकको शव काटेको भन्दै रोशन गुरुङविरुद्ध राममाया र सोममाया गुरुङले प्रहरीमा उजुरी दिएका थिए। 

घटनाको अनुसन्धानका लागि प्रतिवादीलाई पक्राउ गर्न भन्दै शनिबार सातजना प्रहरी काशिगाउँ पुगेका थिए। उनीहरु असफल भएपछि आइतबार थप टोली काशिगाउँ पुगेको हो। 'बिहान नौ बजेतिर प्रहरी आइपुगेका थिए। गाउँलेहरु पनि ४०-५० जना भेला भएका थिए' गाउँ कार्यपालिका सदस्य आशबहादुर घलेले भने, 'उजुरी दिनेलाई गाउँमै बोलाएर छलफल गर्छौं। हामी कदापि जाँदैनौं भनेर गाउँलेले एक स्वरले भनेपछि प्रहरी फर्किए।'

आफ्नो कुरा गाउँमै राख्ने, जिल्लामा नजाने, यस बारेमा जनप्रतिनिधि, प्रहरी कसैले भनेको पनि नमान्ने गाउँलेको अडान रहेको उनले बताए। कसैलाई बोक्सी आरोप पनि नलगाएको गाउँलेको दाबी छ। 'मृतक भीम गुरुङले मर्ने बेलामा मेरो शरीरभित्र सर्प, भ्यागुता, छेपारो हिडेजस्तो गर्छ। के रहेछ, मरेपछि काटेर हेर है, भनेकाले उनको अन्तिम इच्छा पूरा गर्न शव काटेको हो। बोक्सी लागेर मरेको आरोपमा काटेको होइन भन्ने गाउँलेको भनाइ छ' घलेले भने, 'तर बढाइचढाइ गरेर उजुरी दिएको भन्दै गाउँले रिसाएका हुन्।'  गाउँलेलाई फसाउने नियतले बढाइचढाइ गरेर उजुरी गरिएको गाउँलेको भनाइ छ। 

प्रहरीले गाउँमा समझदारीको वातावरण बनाएर फर्किएको जिल्ला प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए। 'प्रहरीमाथि गरिएको दुव्र्यबहारप्रति उनीहरुले क्षमायाचना गरे। बाँकी विषयमा वडाअध्यक्षको रोहबरमा छलफल गर्ने समझदारी बनाएर प्रहरी फर्किएको हो' एसपी बस्नेतले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.