‘न्यायपालिकाको गरिमा उकासाैं'
काठमाडौं : आकस्मिक रूपमा आइपरेको नयाँ जिम्मेवारी समाल्न कायममुकायम प्रधानन्यायाधीश आमेप्रकाश मिश्र आइतबार बिहान नौ बजे नै सर्वोच्च पुगे । संसदीय सुनुवाइ समितिले दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन नगरेपछि उनी आइतबारदेखि नै बिदा बसे । यसपछि मिश्र स्वतः कामु प्रधानन्यायाधीश बनेका हुन् ।
प्रधानन्यायाधीश वा कामु प्रधानन्यायाधीश बिदामा बसे वा कुनै कारणवश पदमुक्त भएमा नयाँ नियुक्ति नभएसम्मका लागि मर्यादाक्रमअनुसार त्यसपछिको ‘वरिष्ठ’ स्वतः कामु हुने न्यायिक परम्परा छ । सोहीअनुरूप मिश्र कामु भएर पदभार समालेका हुन् ।
गत फागुन मसान्तमा गोपाल पराजुलीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिएपछि जोशीले कामुको जिम्मेवारी ग्रहण गरेका थिए ।
नयाँ परिस्थितिमा नेतृत्व सम्हालेका मिश्रले बिहान साढे नौ बजे सर्वोच्चका न्यायाधीशलाई मुद्दाको पेसी तोकिसकेका थिए । आफू इजलासमा बस्नु अगावै मि श्रले साढे १ बजे सर्वोच्चका सबै न्यायाधीशलाई आफ्नो च्याम्बरमा उपस्थित हुन सहयोगीमार्फत सूचना पठाए ।
न्यायाधीशको चिया खाजा खान छुट्टी हुने समय पारेर परिवर्तित सन्दर्भमा सामूहिक छलफल र सुझावका लागि मि श्रले अन्य न्यायाधीशलाई डाकेका हुन् । छलफलमा मि श्रले न्यायाधीशसँग न्यायपालिकाको परिस्थितिबारे ध्यानाकर्षण गराए ।
‘कुन कुराले यसरी तलमाथि भयो, हामीहरू कहाँनेर चुक्यौं ? सबै गम्भीर हुनुप¥यो,’ मि श्रको भनाइ उद्धृत गर्दै सर्वोच्चका एक न्यायाधीशले अन्नपूर्णसँग भने, ‘सबै मिलेर न्यायपालिकाको गरिमा र मर्यादा उकास्न लागौं ।’ मि श्रले न्यायपालिकामा शृंखलाबद्ध रूपमा घटनाक्रम विकसित भएको सुनाउँदै प्रतिष्ठा बचाउन लाग्नुपर्ने सुझाव पनि दिए ।
‘यही अवस्थामा बसेर हुँदैन । केही त गरौं,’ मि श्रको भनाइ थियो, ‘खासमा न्यायपालिकाको गरिमा र मर्यादा बचाउने विषयमा उहाँको चेहराबाटै गहिरो चिन्ता झल्किन्थ्यो ।’ ती न्यायाधीशका अनुसार गम्भीर मुद्रामा प्रस्तुत भएका मि श्रले आफ्ना कुरा खुलस्त राखेका थिए ।
उनले आफूसँग केही गुनासा भएमा बाहिर भन्नुभन्दा सामुन्नेमा खुलस्त राख्न पनि आग्रह गरे । उनले मुख्य रजिस्ट्रारलगायतका विशिष्ट कर्मचारीलाई पनि जिम्मेवारीमा तलमाथि हुन नदिन सजग हुन सुझाएका थिए ।
सर्वोच्चको मुद्दा महाशाखा प्रमुख नारायण पन्थीले बिहान साढे नौतिर मुद्दाको पेसी तय भएको जानकारी दिए । ‘शनिबार बालुवाटारमा पुगेर भेट्दा जोशी श्रीमान्ले बिदामा बस्ने कुरा गरेपछि सहमतिमै सोमबार साढे नौ बजेपछि मुद्दाको पेसी तोकिएको हो,’ पन्थीले अन्नपूर्णसँग भने, ‘संसद्को निर्णयपछि के गर्ने भनेर अन्यौल पनि भयो । पेसी तोक्न घरमा व्यवस्थापन गर्न सकिएन । अनि बिहान अफिसमै तोक्ने प्रबन्ध भयो ।’
पेसी तोक्ने काम आईटीमार्फत प्रधानन्यायाधीश निवास बालुवाटारबाटै हुँदै आएको थियो । घरबाट पेसी तोक्न ‘पासवर्ड’को प्राविधिक समस्याले सर्वोच्चमा पुगेर पेसी तय भएको हो । मि श्रले आफूसहित न्यायाधीश बमकुमार श्रेष्ठ संलग्न इजलास तोकेर १५ वटा मुद्दामा सुनुवाइसमेत गरे ।
कार्यालय समय सकिएसँगै मिश्र सुरक्षाकर्मीसहित प्रधानन्यायाधीशको झण्डावाल गाडी चढेर पाँच बजेपछि कुलेश्वरस्थित आफ्नो निवासतर्फ लागे ।