मकै छाडेर तेजपत्ता रोप्दै किसान

मकै छाडेर तेजपत्ता रोप्दै किसान

सन्धिखर्क : बादरले मकैबाली नष्ट गरेपछि अर्घाखाँचीका किसानले तेजपत्ता लगाउन सुरु गरेका छन् । अर्घाखाँचीका ६ वटै स्थानीय तहका किसानले मकै खेती छाड्दै गएका छन । तेजपत्ताबाट पनि राम्रो आम्दानी हुने भएपछि किसानले विकल्प खोजेका छन् ।

बाँदर लखेट्न बजेट छुट्याएका स्थानीय तहले यो वर्ष तेजपत्ता रोप्न बजेट बिनियोजन गरेका छन् । गएको वर्ष सन्धिखर्क नगरपालिका र छत्रदेव गाउँपालिकाले बादर हेरालुका लागि १÷१ लाख रकम विनियोजन गरेका थिए ।

बाँदरले बालीमात्रै नभई मानवमाथि नै आक्रमण गरेपछि गाउँपालिकाले तेजपत्ता लगाउने विकल्प दिएका हुन् । बिहानको खाना बारीमै खाने छत्रदेव गाँउपालिका बल्कोटका ६८ बर्से दामोदर खनालले बाँदरले किसानलाई उठीबास बनाएको बताए ।

‘मकैको बीउसमेत जोगाउन नसकिएपछि तेजपत्ता लगाउन सुरु गरेका हौं, उनले भने । अर्घाखाँचीका ६ वटै स्थानीय तहमा बाँदरको समस्या छ । गाउँपालिकाले तेजपत्ता खेती विस्तारमा बिरुवा उत्पादन गर्न २८ लाख रुपैयाँ विनियोजन गरेको छ । वडा नं २ ले पनि १ लाख रुपैयाँ छुट्याएको छ  । वन र खरबारीमा धमाधम तेजपत्ताका बिरुवा रोप्ने काम भइरहेको जिल्ला वन अधिकृत दीपक ज्ञवालीले जानकारी दिए  ।

पाणिनी गाउँपालिकामा अहिलेसम्म झण्डै ५ लाख तेजपत्ताका विरुवा रोपिएको गाँउपालिका अध्यक्ष अच्युत गौतमले बताए । जिल्ला वन कार्यालयले तेजपत्ताको व्यावसायिक खेतीका लागि यो वर्ष ५ लाख विरुवा वितरण गरेको छ ।

पाणिनी गाउँपालिकाले आफ्ना ८ वटै वडामा नर्सरी स्थापना गरी हरेक नर्सरीमा ८ हजार बिरुवा उत्पादन गरी रोप्न थालेको जनाएको छ । बिरुवा बाँझो जमिन, खाली खेतबारी र खरबारीमा धमाधम रोप्ने काम भइरहेको छ । अड्गुरी, खिदिम, पोखराथोक, पणेना, धातीबाङ र मैदानमा छिटफुट रूपमा केही कृषकले यसअघि पनि तेजपत्ता बिक्री गरेर आम्दानी लिँदै आएका थिए । पाणिनी गाउँपालिकाले १ घर २ सय तेजपत्ताका बिरुवा रोप्ने अभियानै सञ्चालन गरेको छ । जसमा ५० बिरुवा जोगाएमा तीन वर्षपछि १ घरमा वर्षमा २ लाख रुपैयाँ आम्दानी भित्रिने र सिंगो गाउँपालिकाले लाखौं रुपैयाँ भिœयाउने योजनाका साथ अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष गौतमको दाबी छ । अधिकांश पुरुष वैदेशिक रोजगारीमा भएकाले बिरुवा रोप्न महिला नै सक्रिय भएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.