तरकारी तथा फलफूल आयात प्रतिस्थापन गर्दै महानगर

तरकारी तथा फलफूल आयात प्रतिस्थापन गर्दै महानगर

पोखरा : कास्कीमा आर्थिक वर्ष ०७४/७५ मा २ अर्ब ९५ करोड रुपैयाँ बराबरको तरकारी तथा फलफूल आयात भएको छ। पोखराको कृषि उपज बजार शान्तिवनमा गत आर्थिक वर्षमा १ अर्ब ३५ करोड बराबरको तरकारी बाहिरबाट आएको हो। आव ०७४÷७५ मा कास्कीमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको फलफूल आयात भएको कृषि उपज बजार पोखराकी निमिक्त व्यवस्थापक रूपा दाहालले जानकारी दिइन्। यो तथ्यांक गत वर्षको तुलना केही बढी हो।

जिल्लाको मागअनुसार यहाँ तरकारी उत्पादन २० प्रतिशत मात्र हुने गर्छ। ८० प्रतिशत तरकारी बाहिरी जिल्ला धादिङ, चितवन, सर्लाही, दाङलगायत तथा भारतबाट समेत आउने गरेको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडेरियाले बताए। पछिल्लो समय कास्कीमा तरकारी उत्पादन बढे पनि पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटक, बसाइँ सरेर विभिन्न जिल्लाबाट आउनेको संख्या बढ्दै जाँदा पोखरामा तरकारीको माग बढेको उनले सुनाए। कृषि उपज बजार शान्तिवनमा आव ०७४÷७५ मा फलफूल कारोबार १ अर्ब ६० करोड भएकोमा ९० प्रतिशतभन्दा बढी भारत, चीनलगायत देशबाट आउने गरेको छ। कास्कीमा सुन्तलाको सिजनमा २ महिनालाई धान्ने सुन्तला उत्पादन हुनेबाहेक अन्य फलफूल ठूलो क्षेत्रमा उत्पादन नहुने पोखरा महानगर कृषि महाशाखाका प्रमुख कडेरियाले बताए। जिल्ला तरकारी तथा फलफूलमा परनिर्भर हुन थालेपछि कृषि र पशुपालन क्षेत्रबाट परिणाममुखी उत्पादन हासिल गर्न महानगरले कृषि र पशुपालन क्षेत्रमा मात्र करिब २४ लाख बजेट छुट्याएको महानगर कृषि महाशाखाका प्रमुख कडेरियाले बताए। बाँझै छाडिने जमिनलाई उपयोगमा ल्याउने नीति महानगरले ल्याउन लागेको उनले जानकारी दिए। कृषिमा व्यवसायीकरण र सामूहिक उत्पादन गर्न प्रोत्साहन गर्ने उद्देश्यले कम्तीमा २० रोपनी जमिनमा खेती गर्नेलाई अनुदान दिने नीति महानगरले ल्याएको मेयर मानबहादुर जिसीले बताए।

महानगरका ५ स्थानमा हाट बजार सञ्चालन गरिने

पोखरा महानगरले किसानको उत्पादनले उचित मूल्य पाउने व्यवस्था गर्न महानगरका विभिन्न ५ ठाउँमा हाटबजार सञ्चालन गर्ने भएको छ। किसानले उत्पादन गरेको वस्तुले मूल्य नपाउने र उपभोक्ताले धेरै मूल्य तिर्नुपर्ने वर्तमान अवस्थालाई तोडेर किसान र उपभोक्ताबीच सीधा व्यापार गर्ने वातावरण बनाउन महानगरले पहिलो पटक हाट बजार सञ्चालनमा ल्याउने तयारी गरेको महानगरका कृषि महाशाखा प्रमुख कडेरिया बताउँछन्। अहिले किसानबाट खरिद गरी धेरै नाफा खाएर बिचौलियाले उपभोक्तालाई तरकारी बिक्री गर्ने भएकाले किसानले मूल्य कम पाउने र उपभोक्ता मर्कामा पर्ने गरेका छन्। कास्की जिल्लामा उत्पादन हुने तरकारी, फलफूल, खाद्यान्नलगायत वस्तु हाट बजारमा राखिने व्यवस्था गरिने उनले सुुनाए।


कम्तीमा २० रोपनी जमिनमा खेती गर्नेलाई अनुदान दिने नीति महानगरले ल्याएको छ।

हाट बजारका लागि महानगरले सबै क्षेत्रका किसानलाई आफ्नो उत्पादन ल्याएर बिक्री गर्न सहज होस् भन्ने हेतुले पायक पर्ने सम्भावित स्थान पोखरा–५ मालेपाटन, अममरसिंहचोक, विरौटा, बगर र तालचोकमा हाटबजार राख्ने ठाउँको खोजी भएको पनि कडेरियाले बताए। ‘हाट बजारमा स्थानीयबाहेक बाहिरका उत्पादन राख्न पाइने छैन’, उनले भने। हाट बजारका लागि महानगरले वर्षा र हावाहुरीका बेलामा पनि बजार सञ्चालन गर्न सकिने गरी पूर्वाधार निर्माण गर्न ५५ लाख रुपैयाँ बजेटसमेत छुट्याएको छ। किसानलाई उत्पादन गरेका वस्तुको उचित मूल्य पाउने अवस्थाको सिर्जना गर्न महानगरले यो कार्यक्रम ल्याएको बताइएको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.