उपचार अभावमा बिरामीको गयो ज्यान

उपचार अभावमा बिरामीको गयो ज्यान

जाजरकोट : उपचारको अभावमा रुकुमको चौरहारीमा एक बिरामीको मृत्यु भएको छ । जाजरकोट भेरी नगरपालिका– ४ का ४२ वर्षीय शेरबहादुर विकको उपचार अभावमा मृत्यु भएको हो । दमको समस्या भएर रुकुमको चौरजहारी अस्पताल उपचार गराउन आएका विकले उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेको हो । पाँच दिन देखि  चौरजहारी अस्पताल तनावग्रस्त हुदा सामान्य तथा  जटिल समस्या भयका बिरामी उपचार सेवा बाट वञ्चित भएका छन् । 

गत आइतबार जाजरकोट कुदुकी एक महिलाको रुकुमको विजेश्वरी स्थित चौरजहारी अस्पतालमा उपचारको क्रममा अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै पीडित पक्षले शव बुझ्न मानेका छैनन् । किड्नीमा भएको पत्थरीको उपचार गर्न अस्पताल गएकी भेरी नगरपालिका १३ कुदुकी २८ वर्षीया यशुदा मल्ल आरसीको गलत सुईको प्रयोगले मृत्यु भएको भन्दै पीडित पक्षले उचित क्षतिपुर्ति र राहतको माग गदै शव बुझ्न इन्कार गरेका हुन् । पाँच दिनदेखि शव अस्पतालमै छ । समयमा आफन्तले शव नबुझ्दा गन्हाउन थालेको छ । घटनाका कारण अस्पतालको उपचार सेवा समेत प्रभावित भएको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.