सहिदको शालिक बन्यो बच्चाको खेलौना

सहिदको शालिक बन्यो बच्चाको खेलौना

वीरगन्ज : दोश्रो मधेस आन्दोलनमा प्रहरीको गोली लागेर मारिएका सहिद सत्रुधन पटेलको शालिक अनावरण नभएपछि अलपत्र परेको छ। शालिक अहिले स–साना बालबालिकाको खेनौना भएको छ।

पर्साको पकाहा मैनपुर गाउँपालिक ४ स्थित पकाहा चोकमा एक वर्षअघि नै निर्माण गरिएको सहिद पटेलको शालिक मधेसी दलको विवादका कारण अनावरण हुन नसकेको हो। 

दोश्रो मधेस आन्दोलनका क्रममा संविधान जारी गर्ने दिन २०७२ साल असोज ३ गते वीरगन्जको गीता मन्दिर रोडमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर पटेलको घटनास्थलमै मृत्यु भएको थियो। 

साविकको पकाहा मैनपुर गाविसका पूर्वअध्यक्ष मदनप्रसाद चौरसीयाले २०७३ साल असारमा आफ्नो निजी खर्चमा पाकाहा मैनपुरको चोकमा शालिक बनाइ दिएका थिए। २०७३ साल असार ३१ गते शालिक अनावरण राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले गर्ने कार्यक्रम तय भएको थियो।

पटेलकी आमा कुश्मी देवीले आफनो छोराको अनुहार शालिकको अनुहारसँग नमिलेको भन्दै आपत्ति जनाएपछि अनावरण कार्यक्रम राजपाले स्थगित गरेको थियो। 

शालिक अनावरण कार्यक्रम स्थगित भएपछि राजपा अध्यक्ष ठाकुर पाकाहा मैनपुरको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गरेर फर्किएका थिए। 
संघीय समाजवादी फोरम नेपालका नेताको उक्साहटमा सहिद पटेलकी आमा कुश्मी देवीले विवाद खडा गरेका कारण शालिकको अनावरण हुन नपाएको आरोप राजपाका नेताले लगाएका थिए।

अहिले पाकाहामैनपुर गाउँपालिकाको उपप्रमुख, सहिद पटेलकी आमा कुश्मी देवी छिन्। उनी फोरम नेपालका तर्फबाट उपप्रमुखमा निर्वाचित भएकी हुन्। गाउँपालिका प्रमुख विजय कुमार चौरसीया पनि फोरम नेपालबाटै निर्वाचित हुन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.