पहिरोले ३४ परिवारको बिचल्ली

पहिरोले ३४ परिवारको बिचल्ली

कालिकोट : कालिकोट जिल्लाको महावै गाउँपालिका-३ नकुमा पहिरो जाँदा स्थानीयका ३४ परिवार बिचल्लीमा परेका छन् ।एक सातादेखि आएको अविरल वर्षासँग नकुमा गएको पहिरोका कारण स्थानीय ३४ परिवारको बिचल्ली भएको हो ।

महावै गाउँपालिका-३ का वडासदस्य रजबहादुर विष्टले गाउँको तलतिरबाट निरन्ततर पहिरो खस्दा पूरै गाउँ जोखिममा परेको बताए । उनले नकुको गाउँमा ३३ विष्ट र एक सिंकको परिवारको पहिरोका कारण बिचल्ली भएको छ । उनले भने, ‘गाउँको तलतिरको भाग पूरै भासिएको छ । स्थानीय बखतबहादुर सिंहको घर र प्रवीण विष्टको खुर्सानी बारीसम्म पहिरो पुगेकाले गाउँका सबैले अन्यत्र जानुपर्ने अवस्था आएको छ । उनले गाउँमा पहिरोले सबैको बिचल्ली हुने अवस्था आएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएर पहिरो पीडितलाई सुरक्षित स्थानमा सारी पहिरो रोकथामका लागि पहल गरिदिन आग्रह गरेको बताए ।

यस्तै, स्थानीय भीमराज विष्टले साउन १ गतेदेखि गाउँको तल्लो भागबाट पहिरो सुरु भएको र हाल उक्त पहिरो निरन्तर बग्दै गाउँसम्म आएकाले निकै जोखिम बढेको बताए । उनले गाउँका ११ घरपरिवारको धान रोपेको खेतसहित पाँच बिघा जमिन सबै बालीसहित बगेको जानकारी दिए । उनले भने, ‘न वर्षा रोकिएको छ न पहिरो ।’ शुक्रबारसम्म गाउँमै बसेका स्थानीयले अब त गाउँ नै छाड्नुपरेको छ । उनले गाउँ छाडेर वनमा रूखको छहारीमा पाल हालेर बस्नुपर्ने अवस्था आएको बताए । उनका अनुसार अझै पानी परिरहे पूरै गाउँ पहिरोले बग्ने सम्भावना छ ।

स्थानीय सर्जन विष्ट, रत्न विष्ट, तीर्थ विष्ट र हिक्मत विष्टले गाउँ पूरै पहिरोले जोखिममा परेकाले जिल्ला प्रशासनमा हारगुहार गर्न सदरमुकाम आएको बताए । उनीहरूले भने, ‘गाउँमा टेलिफोन सेवासमेत छैन । डाँडामा गएर फोन गर्नुपर्छ । फोन गर्नकै लागि २ घण्टा हिँड्नुपर्छ । पहिरोले सबै खेत बगाएर गाउँको छेउका घर नै भासिएपछि सबैले गाउँ छाड्न थालेको बताएका छन् । महावै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले पहिरोले गाउँ नै जोखिममा परेकाले जिल्ला दैवीप्रकोप उद्धार समितिमा जानकारी गरी स्थानीय नागरिकलाई सुरक्षित स्थानमा जान आग्र गरिएको बताए । उनले वर्षासँगै निरन्तर पहिरो खसिरहेकाले तत्काल स्थानीयलाई गाउँबाट सुरक्षित स्थानमा सार्नुको विकल्प नरहेको बताए ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले नकुको पहिरोको सूचना आफूहरूले पाउनासाथ गृह मन्त्रालयमा समेत पत्र पठाएको र स्थानीय सबै नागरिकलाई सुरक्षित स्थानमा राख्न गाउँपालिकासँग समन्वय गरिरहेको बताए । उनले जिल्लाभरि नै निरन्तर वर्षाका कारण पहिरो जाने र घर भत्किएको निवेदन आउने गरेको बताए । उनका अनुसार पछिल्लो समय वर्षाका कारण घर भत्किएका मात्र ५० वटा निवेदन परेको छ । उनले भने, ‘जिल्ला दैवीप्रकोप उद्धार समितिमा घर भत्कियो भनेर धेरै निवेदन आएका छन् । तर, सबैलाई प्रक्रियागत रूपमा एक लाख क्षति भएकालाई दुई हजार रुपैयाँका दरले राहत वितरण भइरहेको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.