विवादित शंकराचार्य हेमानन्द गिरीको रुद्राभिषेक स्थगित

विवादित शंकराचार्य हेमानन्द गिरीको रुद्राभिषेक स्थगित

काठमाडाै‌ : शंकराचार्यका रुपमा पशुपति पीठमा औपचारिक प्रवेश गर्नेगरी तयार पारिएको हेमानन्द गिरीको कार्यक्रम रोकिएको छ। अखिल भारत विद्धत परिषद्ले आफूलाई पाशुपत क्षेत्रमा अवस्थित पशुपति पीठको शंकराचार्य घोषणा गरेको भन्दै उनी भदौ ८ गते रुद्राभिषेकको तयारीमा थिइन्।

सनातन विद्धत परिषद् नेपालका सचिव पण्डित रामकृष्ण उपाध्यायले शंकराचार्यको नाममा पशुपति पीठमा प्रवेश गर्ने तयारीमा रहेकी गिरीको कार्यक्रम स्थगित भएको बताएका हुन्। परिषद्ले शनिबार सुमार्गी भवनमा आयोजना गरेको ‘सनातन धर्ममा अन्त्येष्टि संस्कार १३ दिन नै’ पुस्तकको विमोचन समारोहमा उनले भने, ‘हेमानन्द गिरी को हुन् ? के हैसियत छ उनको ? शंकराचार्य भएको तर्क गर्ने भए एक एक विषयमा हामी तयार छौं।’

उनले काठमाडौं उपत्यकाभित्रका कुनै पनि मठ मन्दिरमा त्यस्ता शंकराचार्यलाई बस्न नदिने दाबी गरे। ‘यदि त्यसरी बसेको थाहा पायौं भने त्रिशुल र भाला लिएर प्रतिकारमा उत्रनेछौं’, उनले थपे।

सनातन विद्धत परिषद् नेपालका सचिव पण्डित रामकृष्ण उपाध्यायले भने, ‘हेमानन्द गिरी को हुन् ? के हैसियत छ उनको ? शंकराचार्य भएको तर्क गर्ने भए एक एक विषयमा हामी तयार छौं।’

गिरीको भने केही गलत मानसिकता भएकाले आफ्नो दुष्प्रचार गरेर बदनाम गरेको आरोप लगाएकी छन्। शनिबारै पत्रकार सम्मेलन गरेर गिरीले कार्यक्रम गर्न लागिएको पाशुपत क्षेत्रको सुमार्गी भवन प्रयोगमा रोक लगाएको बताइन्।

आफूले संस्कृतिमन्त्रीलाई भेटेको जानकारी दिँदै थपिन्, ‘कार्यक्रमको स्थान नै परिवर्तन गरेर भक्तपुरस्थित डोलेश्वर महादेवमा गर्दैछौं। कार्यक्रममा भारत, युरोप, थाइल्याण्ड र बंगलादेशका विशिष्ट व्यक्तिको आगमन हुँदैछ।’

प्राध्यापक डा. दीर्घराज घिमिरेले वेद आत्मश्वाताफी कल्पसूत्रलाई प्रयोगमा ल्याउन सक्ने व्यक्तिमात्रै शंकराचार्य हुने बताए। उनले सनातन् विद्धत परिषद्कै कार्यक्रममा भने, ‘चारजनाले भन्दैमा कोही शंकराचार्य हुँदैन, एक हजारले भने पनि हुँदैन तर १० विशिष्ट विद्धानले आधिकारिक रुपमा स्वीकार्नुपर्छ।’

भारतको उत्तरपीठ लथालिंग अवस्थामा रहेको बेला कसैले मौका छोपी महामण्डलेश्वर पद दिएको हुनसक्न भन्दै उनले शंकराचार्य पनि दिएको हुनसक्ने बताए। उनले थपे, ‘जसले जे पद दिन्छ हामी त्यही स्वीकार्दै जाने ?’

आफूले संस्कृतिमन्त्रीलाई भेटेको जानकारी दिँदै थपिन्, ‘कार्यक्रमको स्थान नै परिवर्तन गरेर भक्तपुरस्थित डोलेश्वर महादेवमा गर्दैछौं। कार्यक्रममा भारत, युरोप, थाइल्याण्ड र बंगलादेशका विशिष्ट व्यक्तिको आगमन हुँदैछ।’

गिरीले पशुपति क्षेत्र विकास कोषलाई आधिकारिक रुपमा कार्यक्रमका लागि कुनै निवेदन नदिएको कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी दिए। उनले अन्नपूर्णसँग भने, ‘पाशुपत क्षेत्रमा कुनै पशुपति पीठ पनि छैन।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.