प्रदेश ७ को नाम ‘दशरथचन्द’ राख्न सुझाव

प्रदेश ७ को नाम ‘दशरथचन्द’ राख्न सुझाव

बैतडी : प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव संकलन गरिरहेका बेला बैतडीबासीले ‘दशरथचन्द’ राख्न सुझाव दिएका छन्। सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको वार्षिक साधारणसभामा सहभागी राजनीतिक दलका पदाधिकारी र सर्वसाधारणले यस्तो सुझाव दिएका हुन्। 

प्रजातन्त्र स्थापनाका लागि आफ्नो ज्यानको बाजी लगाउने चारजना सहिद मध्येका दशरथचन्द पनि भएकाले उनको नामबाट प्रदेशको नामाकरण गर्नुपर्ने कुरा उठेको प्रतिष्ठानका उपाध्यक्ष विनोदबहादुर चन्दले बताए। 

सहिद दशरथचन्दको नामबाट प्रदेशको नामाकरण गर्नु जायज हुने दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए। ‘प्रदेशको नामाकरणका बिषयमा बहस चलिरहेको छ। यो सकारात्मक छ’, उनले भने।

दशरथचन्द्रको सपना गणतन्त्र भएको भन्दै प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दले उनकै नामबाट प्रदेशको नामाकरण गर्नुपर्नेमा जोड दिए। 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.