‘प्रदेश १ किराँत प्रदेश’

‘प्रदेश १ किराँत प्रदेश’

विराटनगर : प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश १ को नाम किराँत प्रदेश रहने बताएका छन्। सबैको सहमतिमा नामकरण गरिने स्पष्ट गर्दै आङ्वोले प्रदेशको नामकरण किराँत राख्दा इतिहास, सभ्यता, संस्कृति र यहाँको बहुसंख्यक जनताको मनोविज्ञान सम्बोधन हुने बताए। ‘सबैको  समझदारीमा नै किराँत प्रदेश नामकरण हुन्छ’, उनले भने, ‘जनजातिले संविधालने दिएको अधिकारलाई संस्थागत गर्न लाग्नुपर्छ।’

मोरङको बेलाबारीमा आदिवासी जनजाति दिवसको अवसरमा शनिबार आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री आङ्बोले प्रदेशको विकास र समृद्धिको लागि पहिचानलाई सम्बोधन गरे मात्र सहज हुने स्पष्ट गरे। 

‘पल्लो किराँत, माझ किराँत र वल्लो किराँत पुरानो किरातकालीन राज्य नै हो। पृथ्वीनारायण साहले नेपाल एकीकरण गरेपछि पल्लो, वल्लो, माझ किराँत भनेर नै स्वीकार गरेका थिए’, उनले भने, ‘किरातकालीन सभ्यता प्राचीन सभ्यता हो। किराँत नितान्त जातीय नाम होइन। यो प्राचीन सभ्यता र संस्कृति पनि हो।’ 

उनले पछिल्ला केही घटनालाई जोडेर विभिन्न कोणबाट देशलाई साप्रदायिक  झमेलामा फसाउने असफल प्रयास भइ रहेको प्रति सचेत रहन आग्रह गरे। ‘तीन तहको सरकारका कारण दोहोरो करको मार पर्‍यो भन्ने भ्रममा नपर्नु होला। यस्तो भ्रम छरिएको छ। तर करको दायारा बढाइएको हो। दर कतै पनि बढाइएको छैन’, आङ्बोले भने।

नेपाल आदिवासी जनजाति महासंघ बेलबारीले आयोजना गरेको कार्यक्रममा संघका नगर सभापति तिलक राई, केन्द्रीय उपाध्यक्ष रोशन सुनुवार,  धिमाल जातीय विकास समितिका केदार धिमाललगायतले जनजाति अधिकारको विषयमा मन्तव्य राखेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.