टिपरले फेरि लियो मोटरसाइकल चालकको ज्यान

टिपरले फेरि लियो मोटरसाइकल चालकको ज्यान

जनकपुरधाम : धनुषामा टिपरले पुनः एकजनाको ज्यान लिएको छ। टिपरको ठक्करबाट शनिबार मोटरसाइकल चालकको ज्यान गएको हो। टिपरले ठक्कर दिँदा धनुषाधाम नगरपालिका ५ नौसय बिग्घाका २६ वर्षीय उमेश दासको मृत्यु भएको हो। 

शनिबार दिउँसो ढल्केवरबाट जनकपुरतर्फ आउँदै गरेको बा ८ ख ११७० नम्बरको टिपरले विपरीत दिसातर्फ जाँदै गरेको ज १० प ८४३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

टिपरको ठक्करबाट गम्भीर घाइते दासको उपचारका लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको हो। ठक्कर दिने टिपर र मोटरसाइकल ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा लिएको छ।

जनकपुर ढल्केवर सडक-खण्डमा ट्राफिक प्रहरीले टिपरको गति नियन्त्रण गर्न टाईमकार्ड लागू गरेपनि कार्यान्वयन हुनसकेको छैन्।
 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.