विराटनगर बम विस्फोट : नौजना पक्राउ

विराटनगर बम विस्फोट : नौजना पक्राउ

विराटनगर : आइतबार दिउँसो विराटनगर महानगरपालिका कार्यालयमा बम विस्फोट गराएको आशंका प्रहरीले नौजनालाई नियन्त्रणमा लिएको छ।

 
अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका सबैको नाम गोप्य राखिएको छ। राजनीतिक आवद्धता र विगत गोप्य राखेर अनुसन्धान अगाडि बढाएको मोरङका प्रहरी प्रमुख डीएसपी निशान थापाले जानकारी दिए। 

केही दिनअघि नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महानगरसँग चन्दा मागरेको थियो। त्यसकै आधारमा विस्फोटमा नेकपाको संलग्नता रहेको आशंका समेत गरिएको छ। प्रहरीले भने यो विषयमा केही खुलाएको छैन। 

बम विस्फोट भएको स्थानमा टिनका टुक्रा र धातु बाहेक अन्य केही कागजात फेला परेको छैन। बम विस्फोटपछि बसेको मोरङ जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा कडा पार्ने निर्णय गरेके छ।

आइतबार दिउँसो २ बजे महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट भएको हो। बम विस्फोटबाट मेयरको को १ झ ४९४ नम्बरको गाडी, कार्यालयको झ्यालका सिसा र दराजमा क्षति पुगेको छ। 

 विस्फोटपछि कार्यालयमा कर्मचारीको भागदौड चलेको थियो। भाग दौडका क्रममा कार्यालय साहायक शिवचन्द्र ठाकुर बेहोस् भएका छन्। उनको कोशी अञ्चल अस्पतालमा उपचार भइराखेको छ।

‘यो जनताको कार्यालय हो। कसले विस्फोट गर्यो भन्नेकुरा अनुमान गर्न सकिदैन’, मेयर पराजुलीले भने।  मेयरको कार्यकक्षबाट प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष जाने प्यासेजमा बम विस्फोट भएको हो। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.