दीर्घरोगीलाई उपचार खर्च

दीर्घरोगीलाई उपचार खर्च

तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिकाले दीर्घरोगीका लागि स्वास्थ्योपचार खर्च उपलब्ध गराउने भएको छ। गाउँपालिका उपहार कार्यक्रमअन्तर्गत गाउँपालिका क्षेत्रभित्रका नागरिकमा कुनै पनि दीर्घरोग लागेमा उनीहरुको अवस्था हेरी पाँच हजारदेखि २५ हजारसम्म उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए।

साविकका हमरजुङ, आङिदम, फाक्चामारा, पञ्चकञ्या, ओख्रे र सुदाप गाविस मिलेर बनेको यो गाउँपालिकामा सातवटा वडा रहेका छन्। ती गाउँमा रहेका मुटुरोगी, क्यान्सर, मिर्गौलालगायत रोगबाट पीडितलाई वार्षिकरुपमा एक पटक पाँच हजारदेखि २५ हजारसम्म उपचार खर्च उपलब्ध गराउने नीति बनाइएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले जानकारी दिए।

दीर्घरोगबाट बचाउन गाउँपालिकाले विशेष स्वास्थ्य नीति र कार्यक्रमसमेत अघि सारेको उनको भनाइ छ। गाउँपालिकाले आव २०७५/

०७६ मा दीर्घरोगी सहयोग कोषमा  पाँच लाख बजेट विनियोजन गरेको छ। रासस

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.