माछापुच्छ्रे बैंकको सुपर एजेन्टमा जिएमइ रेमिट
काठमाडौं : माछापुच्छ्रे बैंकले जिएमइ रेमिटलाई एजेन्टको रुपमा नियुक्त गरेको छ। एजेन्ट नियुक्ती सम्बन्धी सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र जिएमइका तर्फबाट प्रवन्ध निर्देशक दिवाकर पौडेलले हस्ताक्षर गरे।
सम्झौता पश्चात माछापुच्छ्रे रेमिटको भुक्तानी जिएमईको ७ हजारभन्दा बढी एजेन्टमार्फत हुनेछ। त्यस्तै जिएमइको भुक्तानी बैंकका सबै शाखाहरुबाट हुनेछ। यो सम्झौतासँगै खाडी मुलुक,अमेरिका, यू.के, मलेसिया, दक्षिण कोरिया, जापानलगायतका देशमा कार्यरत नेपालीहरुले छिटो छरितो र सुलभ तरिकाले पैसा पठाउन सक्नेछन्।