राजधानी फर्कियो 'जय शम्भु' टिम
काठमाडौं : प्रदर्शनअघि निकै चर्चा पाइरहेको चलचित्र 'जय शम्भु' युनिट मोफसलका विभिन्न स्थानमा प्रचार अभियान पूरा गरी राजधानी फर्किएको छ। रुपेश तामाङले निर्देशन गरेको यस चलचित्र युनिटले पोखरा, बुटवल र चितवनका विभिन्न स्थानमा स्थानीयसँग साक्षात्कार गरी राजधानी फर्किएको हो।
अभियानमा कलाकार प्रशान्त ताम्राकार, अनुपविक्रम शाही, वर्षा शिवाकोटीलगायत सहभागी थिए। चलचित्र ऐश्वर्यबाट चर्चामा आएका प्रशान्तको त्यसपछि यो दोस्रो चलचित्र हो। भदौं १ रिलिज हुने यो चलचित्रमा दिनेश शाहीको प्रस्तुति, अरविन्द्रमान शाक्य निर्माता, चक्र पाख्रिन कार्यकारी निर्माता एव कुशल शर्मा र शिक्षा काफ्ले सह-निर्माता छन्।
चलचित्र जय शम्भुमा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको द्धन्द्ध, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन एवं रामजी लामिछानेको नृत्य रहेको छ। चलचित्रमा प्रशान्त, अनुप र वर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु रानालगायतले अभिनय गरेका छन्।