पहिरोको जोखिममा विद्यालय

पहिरोको जोखिममा विद्यालय

फिदिम : याङवरक- २ नाम्रेकमा संचालित बुद्ध माध्यमिक विद्यालय पहिरोको जोखिममा परेको छ । विद्यालयभन्दा तलको भीरबाट गएको पहिरो भवनसम्म पुगेपछि विद्यालयमा पठनपाठन समेत प्रभावित भएको छ। 

विद्यालय भवनको डेढ मिटर नजिकसम्म पहिरो गएको हो। विद्यालयको आधा प्राङ्गण पहिरोले बगाएको छ। बाँकी रहेको भाग पनि लच्किएर चिरा परेको छ।

विद्यालयका प्रधानाध्यापक टेकबहादुर मगरका अनुसार पहिरोका कारण कक्षा सञ्चालन गर्न कठिन भएको छ। आठ कक्षा सञ्चालन हुने कोठामा विद्यार्थी बस्ने नमिल्ने गरी पहिरो गएको छ । 

'कक्षा आठका विद्यार्थीलाई अन्यत्र सारेर कक्षा सञ्चालन गरिएको छ,' मगरले भने, 'विद्यालयको भवन उच्च जोखिममा छ। जोखिम मोलेरै कक्षा सञ्चालन गरिएको छ।'
 
विद्यालय नजिकैको भीरमा केही वर्षअघि पनि पहिरो गएको थियो। अविरल झरीका कारण पहिरो विद्यालयसम्म पुगेको हो। जिल्ला शिक्षा कार्यालयको २० लाख लगानीबाट उक्त विद्यालयको भवन निर्माण गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.