सिमानामा अपराध रोक्न नेपाल–भारत संयुक्त गस्ती

सिमानामा अपराध रोक्न नेपाल–भारत संयुक्त गस्ती

धरान : नेपाल–भारत सीमा क्षेत्रमा अपराधिक घटना बढेपछि दुवै देशका सुरक्षा प्रमुखहरुले सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएर चौबीसै घण्टा उच्च सर्तकता अपनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

सोमवार सुनसरीको भाण्टावारीस्थित सीमा क्षेत्रमा भएको बैठकमा सुनसरीका सुरक्षा प्रमुख र भारतको सुपौल जिल्लाका सुरक्षा प्रमुखहरुले सीमा क्षेत्रको सुरक्षा बजबुत बनाउन नेपाल–भारत संयुक्त गस्ती गर्ने सहमति गरेका छन् । 

सीमा क्षेत्रमा मानव तस्करी, अवैध हातहतियारको कारोवार, लागु औषधि ओसारपसार, अवैध मदिरा ओसारपसार, चोरी तस्करी र अपहरण जस्ता जघन्य अपराधिक कृयाकलापका घटना हुन नदिन सीमा क्षेत्रको शान्ति सुरक्षा मजबुत बनाउने सहमति भएको हो । 

पछिल्लो समय जोगवनी भन्सार कार्यालयमा कडाइ हुन थालेपछि सुनसरीका विभिन्न नाका हुँदै अपराधिक कृयाकलाप बढ्न थालेपछि सुनसरी प्रहरीले भारतीय प्रहरीसँगको सहकार्यमा अपराधिक घटना नियन्त्रण गरिने भएको छ । 

भारतीय सुरक्षा अधिकारीहरुले नेपालको सीमाक्षेत्रबाट अन्र्तराष्ट्रिय आतंकवासी भारततर्फ प्रवेश गर्न सक्ने र विहाररा प्रतिबन्धित मादक पदार्थको अवैध ओसार पसार बढेको भन्दै नेपा तर्फ त्यस्ता गतिसवधि महत्वका साथ नियन्ण गर्न सहयोग माग गरेका छन् । 

सुनसरीका सुरक्षा प्रमुखहरुले भारतबाट अवैध हातहतियारको ओसार पसार, लागूपर्दाथको ओसार पसार चोरी तस्करीका घटना बढेको भन्दै यस्ता अवैध क्रियाकलाप नियन्त्रण गर्न भारतीय सुरक्षा अधिकारीसमक्ष माग गरेका छन् । 

सीमा क्षेत्रबाट मानव तस्करीका घट्नासमेत हुनसक्ने भन्दै यस्ता घटनालाई नियन्ण गरी दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन दुवै देशका सुरक्षा अधिकारी सहमत भएको सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले बताए । 

उनले पछिल्लो समयमा सुनसरी नाकाबाट हुने चोरी तस्करीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी १० करोड बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयलाई समेत बुझाएको बताएका छन् । 

सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयका एसपी सुरेश कुमार श्रेष्ठले दश गजा क्षेत्रको सुरक्षा र सीमा क्षेत्रका अपराधिक घटना नियन्त्रण गर्न संयुक्त गस्ती गर्ने सहमति भएको बताएका छन् । 

उनले सीमा क्षेत्रको सुरक्षाका लागि भारतिय सुरक्षा अधिकारीहरुसंग समकक्षी बैठक बसी सयुक्त गस्तै सबै खाले अपराधिक घटना नियन्त्रण गरी सीमा क्षेत्रका स्तम्भहरुको सुरक्षा गर्ने सहमति गरिएको बताए । 

बैठकमा सुनसरीका प्रहरी प्रमुख राजन अधिकारी, सशस्त्र प्रहरी प्रमुख  सुरेश कुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका प्रमुख टिका पोखरेल तथा  भारतिय सुरक्षा बल (एसएसबी) को वीरपुरस्थित ४५ औं बटालिएनका प्रमुख मनोज सुनोल, भारत सुपौल जिल्लाका प्रमुख रामानन्द कुमार र वीरपुर प्रहरीका सुरक्षा प्रमुख उपस्थित थिए । 

बैठकमा नेपालमा अपराध गरेका व्यक्तिहरु भारतमा गई लुकेर बस्ने र भारतमा अपराध गरेका व्यक्ति नेपालमा लुक्ने गरेका कारण उनीहरुको खोजी गर्न एकअर्कामा सहयोग गर्ने समेत सहमति गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.