महेन्द्रनगरमा प्रदर्शन सुरु, बजार र यातायात सेवा बन्द

महेन्द्रनगरमा प्रदर्शन सुरु, बजार र यातायात सेवा बन्द

महेन्द्रनगर  :  निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभई घटना लुकाउन खोजिएको भन्दै दोस्रो दिन पनि महेन्द्रनगरमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ ।

महेन्द्रनगरका उद्योगी व्वयसायी र सर्बसाधारण बिहानैदेखी बजार व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण व्यवसाय पूर्ण रूपमा बन्द भएको छ । प्रहरी प्रशासनकापविरुद्ध बिहानैदेखि नाराबाजी सुरु भएको छ ।

 स्थानीयले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा माग गरेका छन् । घटनाको सत्यतथ्य सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने आन्दोलनरत प्रदर्शनकारीले बताएका छन्।

घटनालाई ढाकछोप गर्न मानसिक अवस्था ठिक नभएको युवकलाई अपराधी बनाएर प्रहरीले सार्वजनिक गरेको बिरोधमा महेन्द्रनगरमा आन्दोलनले नयाँ मोड लिएको हो । मंगलबार दिनभर महेन्द्रनगर तनावग्रस्त बन्न पुगेको थियो।

स्थितिलाई नियन्त्रणमा लिन दिनभर प्रहरीले ३० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले बालिकाको हत्या भएको २६ औं दिनमा भिमदत नगरपालिका १९ बागफाटाका ४१ वर्षी दीलीप सिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.