हेलो सरकारका गुनासा सम्बोधन गर्न मन्त्रीहरू उदासीन

हेलो सरकारका गुनासा सम्बोधन गर्न मन्त्रीहरू उदासीन

काठमाडौं : हेलो सरकारमा आउने गुनासाको सम्बोधन गर्न अधिकांश मन्त्री उदासीन छन् । अटोमेसनमार्फत् सञ्चालन हुने मन्त्रिपरिषद् बैठकमा सबै मन्त्री ल्यापटपमै प्रस्ताव बोकेर आउँछन् । ल्यापटपबाटै छलफल गर्छन् तर हेलो सरकारमा आउने गुनासालाई ट्वीटमा फलो गरी समाधान गर्न अधिकांश मन्त्री उदासीन छन् । चारजना मन्त्रीमात्रै ट्वीटलाई फलो गरी समस्या समाधान गर्न सक्रिय छन् । बाँकी २० मन्त्री यसप्रति उदासीन देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कार्यालयद्धारा सञ्चालित हेलो सरकारमा दैनिक ८० देखि ९० वटा गुनासा आउँछन् । ती गुनासा प्राय सबै मन्त्रालयसँग सम्बन्धित हुने गर्छन् । मन्त्रीले भने आफ्नो मन्त्रालयअन्तर्गत आएका गुनासालाई ट्वीटमार्फत् फलो गर्न नसक्नाले गुनासा समयमै सम्बोधन हुन कठिन हुने गरेको हेलो सरकार युनिटले जनाएको छ । हेलो सरकार युनिटका अनुसार आएका गुनासालाई ट्वीटमार्फत् चारजना मन्त्रीले नियमित रूपमा नै फलो गर्ने गरेका छन् ।

फलो गर्नेमा अग्रपंक्तिमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पनि गुनासाको नियमित फलो गर्दै समाधानको पहल गर्ने गरेका छन् भने युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पनि यदाकदा हेलो सरकारको ट्वीटलाई फलो गर्ने गरेका छन् । बाँकी मन्त्रीले हेलो सरकारको ट्वीटलाई फलो गरेको नपाइएको प्रधानमन्त्री कार्यालयको भनाइ छ ।

हेलो सरकार युनिटका प्रमुख उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले ट्वीटमार्फत् सम्बन्धित मन्त्रीलाई गुनासा पठाउने गरिएको जानकारी दिए । मन्त्री र मन्त्रालय दुवैमा गुनासा सम्बोधनका लागि पठाउने गरिए पनि कार्यान्वयन पक्ष केही कमजोर रहेको उनको भनाइ छ ।

उनका अनुसार सबैभन्दा बढी गुनासा गृह मन्त्रालयसम्बन्धी आउने गरेका छन् । गत वैशाखयता आएका पाँच हजार दुई सय ७६ गुनासामध्ये गृहसँग सम्बन्धित एक हजार एक सय १८ वटा छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित नौ सय ६६, अर्थ मन्त्रालयसँग सम्बन्धित चार सय ५१ , भौतिक पूर्वाधारसँग सम्बन्धित ६ सय ६३, श्रम तथा रोजगारसम्बन्धी एक सय ५६, स्वास्थ्यसँग सम्बन्धित तीन सय ८७, शिक्षासम्बन्धी तीन सय ४६ गुनासा आएका छन् । गुनासामध्ये ३० प्रतिशत गुनासा स्थानीय तहले जथाभावी बढाएको कर नियन्त्रण गर्नुपर्ने मागसहितका छन् ।

हालै लागू भएको मुलुकी संहिता ऐनको प्रचार प्रसार गर्नुपर्ने मागका धेरै उजुरी छन् । काठमाडौंको सडकमा रहेका खाल्डाखुल्डी नियन्त्रण हुनुपर्ने, लोकसेवा आयोगको भर्ना रोकिन नहुने लगायतका गुनासासमेत अत्याधिक आउने गरेको युनिटले जनाएको छ । २०६८ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले सुरु गरेको हेलो सरकार कार्यक्रममा हालसम्म ७६ हजार पाँच सय ६८ वटा गुनासा आएकोमा ६१ हजार दुई सय ४३ गुनासा फस्र्यौट भएको हेलो सरकार कक्षले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.