सडक सुधार्न डेढ सय मालवाहकलाई अनुमति

सडक सुधार्न डेढ सय मालवाहकलाई अनुमति

ललितपुर : ‘बिम्स्टेक सम्मेलन’ लाई सफल बनाउन सडक मर्मत सम्भारमा बाधा नपुगोस् भनेर करिब डेढ सय सवारीलाई अनुमति दिइएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीका अनुसार बिम्स्टेकलाई बाधा पुग्न नदिन झण्डै डेढ सय मालबाहक सवारीलाई सञ्चालन अनुमति दिइएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश नम्बर ३ मा आफू मातहतका सम्पूर्ण स्थानीय तहलाई परिपत्र जारी गर्दै असार, साउन र भदौ महिनासम्म ढुंगा, गिटी, बालुवा, स्लेट, ग्राभेल, रोडा उत्खनन् नगर्न तथा खानी सञ्चालनमा रोक लगाएको थियो । गत साउन २ गते प्रदेश ऐन, २०७५ को अनुसूची ५ को कार्यान्वयन गर्ने सन्दर्भमा प्रचलित कानुनअनुरुप भदौसम्म उत्खनन् तथा खानी सञ्चालनमा रोक लगाइएको व्यहोरासहित मन्त्रालयबाट परिपत्र भएको थियो । जोशीले बिम्स्टेक बैठकलाई बाधा नपु¥याउन बालुवा, गिटी लगायतका सामान ओसारपसार भइरहेको जानकारी दिए । ‘संविधानको अनुसूची ६ अनुसार प्रदेशले खानी अन्वेषण तथा व्यवस्थापनसम्बन्धी निर्देशन दिएको हो’, जोशीले भने । सामान्यतया असार, साउन र भदौमा नेपाल सरकारले खानी सञ्चालनमा रोक लगाउन नीति सरकारको रहेको जानकारी पनि उनले दिए । ललितपुर जिल्लाको सबैभन्दा धेरै खानी गोदावरी नगरपालिकामा छ ।

नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले प्रदेश सरकारले नभइ नेपाल सरकारले नै सम्पूर्ण खानी सञ्चालनमा रोक लगाउनुपर्ने भनाइ राखे । उनले भने, ‘अहिलेका लागि के कसरी सञ्चालन हुने भन्ने विषयमा कार्यविधि बनाइसकेका छौं । सोही कार्यविधिअनुसार अगाडि जान्छौं ।’ प्रदेशको आदेशप्रति असन्तुष्टि पोख्दै उनले स्थानीय तहलाई अधिकार दिनुपर्ने बताए । आफ्ना नगरभित्र सञ्चालनमा रहेका खानीलाई नवीकरण गराउने काम भइरहेको र मापदण्डअनुसार दर्ता भएका खानी सञ्चालनमा रहेको जानकारी पनि उनले दिए । महर्जनका अनुसार ललितपुर जिल्लामा ५८ वटा खानी सञ्चालनमा रहेको भए पनि यतिबेला आफ्ना नगरपालिकामा करिब २५ र २६ नम्बर वटाले दर्ता गरी सञ्चालनमा आएको छ । बागमती गाउँपालिकामा दर्ता भएका तीनवटा खानीमात्रै रहेका प्रमुअ वीरबहादुर लोप्चनले जानकारी दिए । उनले प्रदेशको निर्देशनबमोजिम साउनदेखि ती खानीहरू सञ्चालनमा नरहेको जानकारी दिएका छन् ।

चलानी नं. ५, २०७५ साउन २ को मन्त्रिपरिषद्को निर्णयले खानी बन्द गर्न निर्देशन दिएकोमा आफू त्यसैअनुसार चलेको लोप्चनको भनाइ छ भने महर्जनले स्थानीय तहलाई अधिकार दिनुपर्ने भनाइ राखेका छन् ।

प्रदेशले तोकेको निकासी करप्रति मेयर महर्जन रुष्ट बनेका छन् । उनले भने, ‘प्रदेशले तोकेको निकासी कर महँगो छ । आफूले प्रतिटिपर २.२५ रुपैयाँ लिने गरेकोमा प्रदेशले ९ रुपैयाँ निकासी कर तिर्नुपर्ने नियम बनाएपछि असन्तुष्ट बनेको बताए । ‘यसअघि ३५ हजारमा निकासी हुन्थ्यो भने प्रदेश सरकारले बढाएर डेढ लाख पु¥याएको छ,’ महर्जनले भने ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.