रौतहटमा डुंगा दुर्घटना: १५ जना पौडिएर निस्किए, दर्जन बढी बेपत्ता

रौतहटमा डुंगा दुर्घटना: १५ जना पौडिएर निस्किए, दर्जन बढी बेपत्ता

गौर : रौतहटको गौर नगरपालिका-४, टिकुलियाघाटस्थितमा लालबकैया नदीमा शनिबार साँझ डुंगा दुर्घटना हुँदा एक दर्जन भन्दा बढी मानिस बेपत्ता भएका छन्।

रौतहटका प्रहरी उपरीक्षक केदार ढकालका अनुसार डुंगामा सवार रहेका १० जना पुरुष र पाँचजना महिला पौडिएर निस्किएको अवस्थामा नदी किनारमा फेला परेका छन्। डुंगामा महिला तथा बालबालिका समेत सवार थिए।

घटनास्थलमा रौतहटका सिडिओ गोविन्दप्रसाद रिजाल, नेपाल प्रहरीका एसपी केदार ढकाल लगायत सशस्त्र प्रहरी र नेपाली सेनाका जिल्लास्थित कार्यालयका प्रमुख पुगेर उद्धारलाई तिब्रता दिने बताएका छन्। 

बेपत्ताको खोजी गर्नका लागि दर्जनौ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेनाले डुंगा प्रयोग गरेर खोजी कार्यलाई अगाडि बढाएको छ। नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका तालिम प्राप्त सुरक्षाकर्मीलाई खटाइएको छ।

बेपत्ताको खोजीका लागि सबै किसिमको उद्धार सामाग्री प्रयोग भएको रौतहटका सिडिओ रिजालले बताए। सिडिओ रिजालले भने, ‘राति भएकाले केही असहज भएको छ।’

डुंगामा कति सख्यामा यात्रु थिए भन्ने एकिन भएको छैन। स्थानीयले ४० बढी सवार भएको बताए पनि डुंगा चालकले २५ भन्दा बढी सवार रहेको बताएका छन्। घाँस काटेर तथा खेतमा काम गरेर इसनाथ नगरपालिकाको बन्जाराहातर्फ बाट गौरतर्फ आउँदै गरेको डुंगा पल्टिएको हो।

पढ्नुहाेस् रौतहटको लालबकैया नदीमा डुंगा दुर्घटना

टिकुलिया घाटमा निर्माण भइरहेको पुलको पिलरमा डुगा टोक्किएर पल्टिएको हुन सक्ने स्थानीयको अनुमान छ। त्यस स्थानमा बिगत ३ बर्ष अघिदेखि पक्कीपुल निमार्ण भइरहेको छ।

डुंगा चालकले नदीको बीच भागमा केही चिजमा डुंगा ठोक्किएपछि पल्टिएको बताएको रौतहटका सिडिओ रिजालले जानकारी दिए।

गौर ४ टिकुलियाका स्थानिय जयप्रकाश साहले नदीको बीच भागमा नै डुंगा पल्टिएको बताए। नेपाल-भारत सिमाना नजिकै डुंगा दुर्घटना भएकाले बैरगनियास्थित भारतीय सुरक्षाकर्मीलाई पनि खोजीकार्यमा सहयोग गर्न आग्रह गरिएको छ।

शनिबार बिहानैदेखी लालबकैया नदीमा ठूलो बाढी आएको थियो। सो स्थानमा गएका बर्षमा पनि पटक-पटक डुंगा दुर्घटना भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.