भाटभटेनीमा श्रीलंकन फस्ट लेडीले डेढ लाखको के किनिन् ?

भाटभटेनीमा श्रीलंकन फस्ट लेडीले डेढ लाखको के किनिन् ?

काठमाडौं : श्रीलंकाकी फस्र्ट लेडी जयन्ती पुष्पाकुमारीले शुक्रबार भाटभटेनी सुपरमार्केटमा पुगेर डेढ लाखको किनमेल गरेकी छन्। पुष्पाकुमारीले चेन डिपार्टमेन्ट स्टोर भाटभटेनीमा डेढ लाखको किनमेल गरेकी हुन्। 

सुरक्षाकर्मी र सहयोगीको साथमा पुष्पाकुमारी साढे ११ बजे महाराजगञ्जस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरमा पुगेकी थिइन्।  भाटभटेनी स्टोरका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलका अनुसार पूर्व जानकारी गराएर पुष्पाकुमारी किनमेल गर्न त्यहाँ पुगेकी हुन्। 

भाटभटेनी स्टोरका निर्देशक पहल गुरुङकाअनुसार पुष्पाकुमारीका लागि भाटभटेनीले पनि कडा सुरक्षाको व्यवस्था गरेको थियो। उनको स्वागतका लागि रेड कार्पेट बिछ्याइएको थियो।

‘हामीलाई एक दिन अगावै श्रीलंकाकी फस्र्ट लेडी किनमेलका लागि आउने  जानकारी थियो’, निर्देशक गुरुङले भने, ‘जानकारीअनुसार हामीले पूर्व तयारी गरेका थियौं।’ 

गुरुङका अनुसार पुष्पाकुमारी आउनै बित्तिकै भाटभटेनीको तर्फबाट स्वागत गरिएको थियो। पुष्पाकुमारीले किनमेल गर्दा अन्य ग्राहकलाई प्रवेशमा रोक लगाइएको थियो।

‘उहाँले सबैतर्फ घुमेर सामानको बारेमा जानकारी लिनुभयो,’ गुरुङले भने, ‘नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको व्यवस्थित सपिङ स्टोर देखेर खुशी हुनुभयो।’

भाटभटेनीमा करिब दुई घण्टा बिताइएकी पुष्पाकुमारीले नेपाली ढाका कपडाबाट निर्मित ओढ्ने सल,  लेडिज जुत्ता, ब्याग, करिब ६ वर्षीया बालिकालाई हुने बेबी पाइन्ट, बेबी कोर्ट, नाइट ड्रेस, फ्रकलगायतका सामाग्री किनमेल गरेकी थिइन्। किनमेलको क्रममा उनले भाटभटेनीमा  सादा पानी मात्र पिएकी थिइन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.