भड्किला गहना नलगाइ तीज !

भड्किला गहना नलगाइ तीज !

कालिकोट : जिल्लाका अगुवा महिलाहरुले भड्किला गहना नलगाइ तीज मनाउने निर्णय गरेका छन् ।

अन्तरपार्टी महिला सञ्जालको अगुवाईमा विभिन्न पार्टीमा आवद्ध महिला नेतृहरु, सामाजिक अभियान्ता र अधिकारकर्मीहरुले महान चार्ड हरीतालिका तीजका क्रममा भड्किला गरगहना नलगाउने निर्णय गरेका हुन् ।

जिल्ला समन्वय समिति कालिकोटकी उपप्रमुख लक्ष्मी बिष्ट नेपालीको अध्यक्षतामा मंगलबार जिल्ला सदरमुकाम मान्ममा भएको बैठकमा यस्तो निर्णय भएको हो । 

जिल्ला समन्वय समिति प्रमुख अनीपाल शाही, प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, जिल्ला प्रहरी प्रमूख विनोद शर्मा, पचालझरना गाउँपालिाका उपाध्यक्ष तारा न्यौपाने, शुभकालिका गाँउपालिका उपाध्यक्ष पम्फाकुमारी शाही, अन्तरपार्टी महिला सञ्जाल कालिकोटका अधयक्ष धर्मा शाही लगायत अगुवा महिलाहरुले परम्परागत संस्कृतिको संरक्षण तथा स्थानीय मौलिकता झल्काउने गरी तीज मनाउने निर्णय गरेका छन् । 

बैठकमा तीजभर राति १ बजेसम्म मात्र नाचगान गर्ने, भड्किला गहना नलगाउने, सामूहिक दर खाने, विभिन्न क्षेत्रमा योगदान गर्ने महिलालाई सम्मान गर्ने लगायतका निर्णय गरिएको छ । जिल्ला प्रहरी प्रमूख विनोद शर्माले तीजमा अपराधका घटना हुन नदिने प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाइएको बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.