शिक्षाध्यक्ष खनाल पुनर्वहाली
धरान : प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले बर्खास्त गरेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्रा.डा गुरु खनाल पुर्नवहाली भएका छन्। सर्वोच्च अदालतले शिक्षाध्यक्ष पदमा पुर्नव्हाली गर्ने आदेश दिएपछि खनाल पुर्नवहाली भएका हुन्।
ओली सरकारले खनाललाई बर्खास्त गरेपछि उनले सर्वोच्च अदालतमा आफूलाई विना कारण हटाएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।
ओली नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गर्दै खनालललाई बर्खास्त गरेपछि उनी न्याय माग्दै सर्वोच्च पुगेका हुन्।
खनालको रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको आदेशले ओली सरकारको निर्णय बदर गर्दै खानाललाई पुर्नवहाली गर्ने आदेश दिएपछि उनले प्रतिष्ठानको शिक्षाध्यक्षको जिम्मेवारी सम्हालेका छन्।
देउवा नेतृत्वको सरकारको पालामा तत्कालीन स्वास्थ्यमन्त्री रहेका हालका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले खनाललाई प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा नियुक्त गरेका थिए।
तत्कालीन माओवादी निकट रहेका खनाललाई पोखरेलले शिक्षाध्यक्षमा नियुक्त गरेको भएपनी हाल उनलाई आफ्नै पार्टीले बर्खास्त गरेपछि आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध उनले सर्वोच्चमा रिट हालेका थिए।
प्रतिक्रिया दिनुहोस !