कालिकोटको स्याउ काठमाडाैंमा

कालिकोटको स्याउ काठमाडाैंमा

कालिकोट : कालिकोटका स्याउ पकेट क्षेत्रमा फलेका स्याउ देशका विभिन्न ठाउँ पठाउने काम सुुरु भएको छ । जिल्लाका विभिन्न स्याउ पकेट क्षेत्रका किसानले भदौ दोस्रो सातादेखि विभिन्न ठाउँ पठाउन सुुरु गरेका हुुन् । कालिकोटबाट पठाइएको स्याउ सुुर्खेत, नेपालगञ्ज, दाङ, बुुटवल, चितवन, काठमाडौं, विराटनगरलगायत नेपालका प्रमुुख व्यापारिक सहरमा पुुग्ने गरेको व्यापारी मुुनबहादुुर थापाले बताए । स्याउ किसान तथा व्यापारीले भदौ महिनामा स्याउ बिक्री सुुरु गरेका छन् । उनले भदौ पहिलो साता नै बिक्री सुुरु भएको बताए । जिल्लाको तिलागुुफा नगरपालिका ४ को राचुुली र रताडामा उत्पादित स्याउले भारतीय स्याउन आयात रोकिएको छ ।

राचुुली र रताडाका सबै घरपरिवारले यस वर्ष न्यूनतम ४५ हजारको स्याउ बिक्री गरेका छन् । सबै ठाउँमा स्याउ उत्पादन राम्रो भएकाले सबैले ४० देखि ५० हजारसम्म स्याउ बिक्रीबाट आम्दानी लिएको स्थानीय ऐनबहादुुर शाहीले बताए । ‘विगतमा रोजगारीका लागि भारत जाने संख्या निकै थियो’, उनले भने, ‘यो वर्ष स्याउबाट वर्षभरि खाने पैसा कमाएँ । त्यसैले कोही पनि रोजगारीका लागि अन्यत्र गएका छैनन् ।’

राचुुली र रताडामा स्याउ बिक्रीबाट करिब एक करोडभन्दा बढी आम्दानी भएको स्थानीय तथा स्याउ किसान दानबहादुुर शाहीले बताए । स्याउको राजधानीका रूपमा चिनिएको तिलागुुफा नगरपालिका १ बजेडीचौरका किसानले ७२ लाखको स्याउ बिक्री गरेका छन् । बजेडीचौर टोलका ३१ घरपरिवारले यो वर्षमात्रै ७२ लाखबराबरको स्याउ बिक्री गरेका हुुन् । ७२ घरधुुरी रहेको बजेडीचौरका ३१ किसानले धेरै स्याउ फलाएका थिए । जिल्लाका तिलागुफा नगरपालिकामा १० हजार मेट्रिक टन र अन्य ठाउँमा दुुई हजार मेट्रिक टन स्याउ फलेको जिल्ला कृषि विकास कार्यालय कालिकोटले जनाएको छ । तिलागुुफा नगरपालिका यस वर्ष ८० प्रतिशतमा स्याउ फलेको तिलागुुफा नगरपालिका प्रमुुख प्रशासकीय अधिकृत गोबिन्दप्रसाद पाण्डेले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.