प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमतीसहित तीन पक्राउ

प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमतीसहित तीन पक्राउ

सन्धिखर्क : यहि भदौ १८ गते  सन्धिखर्क नगरपालिका-१२ बस्यालटोलामा प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने घटनाका तीनजना अभियुक्तलाई प्रहरीले सार्बजनिक गरेको छ। कपिलवस्तु वाणगंगा नगरपालिका-७ धैरेनीडाडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको हत्या गरेर फाल्ने धन बहादुरकी श्रीमति राधा बस्याल, उनका प्रेमी रुकुम बाफीकोटका रमेश विक र राधाकी आमा बसुन्धरा बस्याललाई प्रहरीले सार्बजनिक गरेको हो। 

घटनाका अभियुक्त रमेश विक र राधा घर्तीबीच विगत ८ वर्षदेखिको प्रेम रहेको र विवाह गरी घरजम गराउने उद्देश्यका साथ नियोजित ढंगबाट धनबहादुरको हत्या गरेको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए। 

कपिलवस्तु बाँणगंगा ७ धैरेनीडाँडा निबासी ३३ वर्षीय राधा घर्तिमगरका श्रीमान ३६ वर्षीय धन बहादुर घर्तिमगर कामको सिलसिलामा बागलुङ गएका थिए। त्यहि मौका छोपी भदौ १० गते राधाका प्रेमी रुकुम घर बताउने रमेश विक विदेशबाट राधाको घरमा आए।

उनी राधासँगै घरमा तीन दिन बसे।राधा, राधाकी आमा र रमेश तीनजना भएर कपिलवस्तुबाट अर्घाखाँचीको यात्रा तय गरे।सन्धिखर्कबाट ट्याक्सी चढेर राधाको माइती सन्धिखर्क नगरपालिका-१२ डिभर्नाको बस्याल टोला पुगे।  

उता दसैंमा आउँछु भनेर बागलुङ गएका राधिकाका श्रीमान धनबहादुर घर्तिमगर अचानक घर आए । घरमा श्रीमतीलाई देखेनन्। श्रीमती नदेखेपछि फोन गरे। फोनमा नसोधी किन माइति गएको भनी हप्काए। कुराकानीकै क्रममा वादविवाद भयो। त आउने कि म आम भनेर चर्काचर्की भयो। राधाले तपाई आउनु पर्दैन। भाडा छैन। म भोलि आउछु भनेर भनिन्। त्यतिकैमा कुराकानी सकियो । 

धनबहादुर एक्‍कासी १३ गते साँझनै ससुराली डिभर्ना आइपुगे। सुरुरालीमा श्रीमतीले अर्कै मान्छे लिएर आएको देखेपछि उनीहरु बीच भनाभन सुरु भयो। भनाभन पछिको उग्र रुपले धनबहादुरको हत्या भयो।हत्या गरेर बोरामा बाँधेर शव जंगलमा फालेको राधा, रमेश र राधाकी आमाले स्वीकार गरेका छन्।गएको भदौ १८ गते डिभर्ना बस्याल टोलाका महिला खर्‍यानमा घाँस काटन गएको समयमा गन्ध आएपछि के मरेछ भनेर खोज्दै जादा स्थानीयले अनुहारनै नचिनिने अवस्थामा शव देखेका थिए । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

बेबारिसे शव भेटिए पछि प्रहरीले अनुसन्धान थालेको थियो । वेवारिसे शव  भेटिएको २ दिन पछि कपिलवस्तुको बाँणगंगा ७ धैरेनीडाँडा बस्ने ३६ वर्षीय धनबहादुरको हुनसक्ने भन्दै उनको घरमा खबर गर्‍यो। गएको मंगलबार राति श्रीमती राधा घर्ती मगर जिल्ला अस्पतालमा आएर शव हेरिन्। शव हेरेपछि मेरो श्रीमान हैन भनेर राधा फर्किइन्। प्रहरीले राम्रोसँग हेर्नुस् हुनसक्छ भन्दा मेरो श्रीमानलाई मैले नचिनेर अरु कस्ले चिन्न सक्छ। यो शव मेरो श्रीमानको हुँदै होइन भन्दै राति नै उनी घर फर्किइन्।

प्रहरीले फेरि राधालाई जिल्ला प्रहरी कार्यलयमा बोलायो । शवको बारेमा फेरि अनुसन्धान सुरु गर्‍यो। प्रहरीसँग राधाले आफ्नो श्रीमानले घडी नलगाउने, कपाल अर्कै रहेको भनेर प्रहरीसँग झुटो विवरण बताइन्। प्रहरीलाइ शंका लाग्यो र हिरासतमा राखेर अनुसन्धान गर्दा उनले आफ्नो प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको स्वीकार गरिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.