मुगुमा खाद्यन्न अभाब, ब्यापारीले ल्याएको चामल तानातान

मुगुमा खाद्यन्न अभाब, ब्यापारीले ल्याएको चामल तानातान

मुगु : जिल्ला सदरमुकाम गमगढी जोड्ने सडकखण्डमा लगातारको बर्षाले गएको पहिरोले सडक यातायात अवरुद्ध भएपछी जिल्ला भर खाद्यनको चरम अभाव भएको छ। ब्यपारीले बजारमा जसोतसो गरी ल्याएको खाद्यन्न लिन उपभोक्ताबीच तानातान हुन थालेको छ।

जेठको अन्तिम सातादेखि भदौको तेस्रो सातासम्म लगातार परेको बर्षाले गमगढी नाग्मा सडक खण्डमा गएको पहिरोले सडक अबरुद्ध भएपछी खाद्यन्न आपुर्तीमा समस्या भएको हो। ब्यापारीले स्टोर गरेको खाद्यन्न सकिएको, खाद्य संस्थानमा गत आर्थिक वर्षमा जिल्लाका चार स्थानीय निकायलाई दिने भनिएको खाद्यन्न सकिएपछी जिल्लामा खाद्यन्नको चरम अभाव भएको हो।

जिल्ला खाद्य संस्थानमा जिल्लाका चार स्थानिय निकायलाई खाद्य संस्थान केन्द्रीय कार्यालयले आर्थिक बर्ष ०७४।०७५ का १८ हजार क्विन्टल खाद्यन्न निर्धारण गरे पनि जिल्लामा १५ हजार क्विन्टल खाद्यन्न मात्र संस्थानले आपुर्ति गरेको थियो। बाँकी ३ हजार क्विन्टल खाद्यन्न आपुर्ति नगर्दा जिल्लामा खाद्यन्न अभाब भएका हो। बाँकी ३ हजार क्न्टिल खाद्यन्न खाद्य संस्थान केन्द्रीय कार्यालयले आपुर्ति गरेको भए यस्तो समस्या नहुने खाद्य संस्थान मुगुका प्रमुख भरत खनियाको भनाइ छ।

खाद्य संस्थानमा ३ सय २३ क्विन्टल खाद्यन्नमात्रै मौज्जाद छ। मौज्जाद खाद्यन्न प्रति ३० केजीको बोराको १ हजार ४ सय ४५ बाट १ हजार ९ सय मुल्य निर्धारण गरेपछी सेवाग्राही थप मर्कामा परेका छन्। जिल्ला खाद्य ब्यवस्थापन समितिले चामलको मुल्य घटाउन र आवश्यक खाद्यन्न आपुर्ति गर्न खाद्य संस्थान केन्द्रीय कार्यालयलाई जानकारी गराएको छ।

बर्षाले सडक अबरुद्य भएपछी खाद्यन्न र दैनिक उपभोग्य सामग्री बोकेर आएका गाढी बीच बाटोमै रोकिएको छ। भरिया र खच्चडले बोकेर ल्याएको खाद्यन्न उपभोक्तामाझ पुर्‍याउन अझ सकिएको छैन। कतिपयले चामल नपाएको झोंकमा झगडा गर्न आउने गरेको कामना स्टोर गमगढीका संचालक बाँचु कला बुढाले बताईन्। ‘आफ्नो पसलबाट दैनिक ५० क्विनटल खाद्यन्न बिक्रि हुने गरेको थियो’, कलाले भनिन्, ‘सडक अबरुद्ध भएपछि खच्चड र भरियाबाट ल्याएको एक दुई सय बोरा खाद्यन्न पसलमा आउनासाथ उपभोक्ताले तानतान हुने गरेको छ।’

खाद्यन्न अभाव नभएका बेला बजारमा उपभोक्ताले खोजे अनुसार ३० केजी चामलको प्रति बोरा १ हजार ६ सयदेखि २ हजार रुपैयाँमा किन्ने गरेका थिए। खाद्यन्न अभाव भएपछि बजारमा ३० केजी चामलको प्रति बोरा १ हजार ८ सयदेखि २ हजार २ सय रुपैयाँसम्म तिर्न बाध्य भएका छन्। खाद्य संस्थानले पनि कमसल खाले चामल बजारको भन्दा चर्को मुल्यमा बिक्रि गरेको र त्यो पनि पाउन मुस्किल भएको उपभोक्ताको गुनासो छ।

छायाँनाथ रारा नगरपालिका-१० का ६० बर्षीय कणसिंह बुढा खाद्यन्न खोजिमा सदरमुकाम गमगढी आएको तिन दिनमा पनि कतै नपाइएको बताए। खाली हात घर फर्कन लागेका बेला एकजना ब्यापारी कहाँ चामल भएको सुनेपछी आफु पनि त्यतै लागेको बुढाले बताए। ‘आफुजस्तै गाउँबाट आएका सर्बसाधरण खाद्यन्न किन्न तानतान गरेको देख्दा मन परेको थियो’, उनले भने, ‘तर साहुजीले बुढो मान्छे देखेर होला मलाई ३० केजीको एक बोरा चामल दिए।’

पैसा तिरेर पनि खाद्यन्न नपाउनु दुखलाग्दो भएको उनको भनाइ छ। जिल्लाबाट पाँच पाँच सांसद बिजयी भए पनि सर्बसाधरणको हितमा अहिलेसम्म कसैले काम नगरेको बुढाले दुखेसो पोखे। खाद्य संस्थान भन्दा सस्तो मुल्यमा पाइने खाद्यन्न बजारमा अभाब भएपछी उपभोक्ता खाद्य संस्थानमा प्रति ३० केजीको बोरालाई १ हजार ९ सय रुपैयाँ तिर्न बाध्य छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.