हिसाब गोलमाल भएपछि वाणिज्य बैंकको कारोबार बन्द

हिसाब गोलमाल भएपछि वाणिज्य बैंकको कारोबार बन्द

तुलसीपुर : राष्ट्रिय वाणिज्य बैँक तुलसीपुर शाखामा कारोबार बन्द भएको छ । सोमवार बैकमा भएको कारोबारको हिसाबमा समस्या आएपछि मंगलवार अबेरसम्ममा पनि बैँकले सेवा दिन सकेको छैन ।

तीजको अघिल्नो दिन बैँकले कारोबार रोक्दा सेवाग्राहीहरु मर्कामा देखिएका छन । ‘बिहान पौने १० बजे आएर बसेको अहिलेसम्म गेट खुल्दैन,’ सेवाग्राही मनोहरी थापाले भने, ‘हिजोको हिसाब मिलेको छैन रे, त्यसले आज अहिलेसम्म हामीले सास्ती भोगिरहनु परेको छ ।’

कर्मचारीको लापरबाहीका कारण जनताले सास्ती पाएको उनले गुनासो गरे । उनले तीजमा सामान किन्न पैसा निकाल्न आएको दुई घण्टासमममा पनि कारोबार सुरु नहुँदा रित्तै फर्किने अवस्था रहेको बताए । 

सेवाग्राही नवीना पोख्रेलले पसलमा सामान किन्दा किन्दै पैसा अपुग भएपछि बैकमा पैसा निकान्ल आएको बताइन् । ‘तीजलाई भनेर पसलमा सामान किनेर राखेको छ’, पोख्रेलले भनिन, ‘केही पैसा अपुग भएपछि निकाल्न आएको अहिले आज कारोबार नै गरेको रहेनछ ।’ 

उनले चाडपर्वमा बैकले सधै यसैँगरी दुख र सास्ती दिने गरेको उनले गुनासो गरिन् । बैंकमा कारोबारमा समस्या देखिएपछि कर्मचारीहरु समेत सेवाग्राहीसँग झोक्किँदै हप्काउनेसम्म गरेको देखिएको छ । सेवा लिन गएका सेवाग्राहीहरुलाई गेटबाहिर नै लाइन लगाइएको छ ।

बैकका निमित्त प्रबन्धक विश्वेश्वरप्रसाद धितालले सोमवारको कारोबारमा समस्या देखिएकाले सेवा दिन नसकेको बताए । उनले बैंकका सबै टिम प्रयासरत भए पनि हिसाब नमिल्दा समस्या आएको बताए । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.