नरभक्षी चितुवा मार्न ८० जना सुरक्षाकर्मीको टोली

नरभक्षी चितुवा मार्न ८० जना सुरक्षाकर्मीको टोली

अर्घाखाँची : अर्घाखाँचीको किमडाडा क्षेत्रमा नरभक्षी चितुवा सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणले जिल्लावासी त्रसित भएपछि चितुवा मार्न नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी गरी ८० जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए  ।  

सोमबार दिउँसो साढे तीन बजे सन्धिखर्क नगरपालिका–८ किमडाडाको नेपाली चौरमा नरभक्षी चितुवाको आक्रमणबाट ५ वर्षीया बालिकाको ज्यान गएपछि विशेष सुरक्षा टोली परिचालन गरिएको हो । 

चितुवावाट सुरक्षाको प्रत्याभुति दिलाउन असफल भएको आरोप खेपिरहेको स्थानीय प्रशासनले चितुवा मार्न नेपाली सेनाका ४०, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीको १५ जनासहित  ८० जनाको बिशेष टोली  परिचालन गरेको हो । 

सेना र प्रहरीसँगै जिल्ला वन कार्यलयको टोली, स्थानीय जनप्रतिनिधि र स्थानीयबासिन्दा मिलेर चितुवाको खोजी गरिरहेका छन । पटक पटक बालालिकालाई चितुवाले शिकार बनाएपछि स्थानीय आतंकित छन् । 
सन्धिखर्क नगरपालिका–१० धरम्पानी करनढुंगा निवासी रिखीराम रानाकी छोरी ५ वर्षीया सदीक्षा रानाको तीजमा मामाघर जाँदै गर्दा चितुवाले ज्यान लिएपछि किमडाँडा क्षेत्रमा विशेष सुरक्षा टोली खटाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्ले बताए ।

चितुवाले बालिकाको ज्यान लिएपछि प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रहरी नायव उपरीक्षक मल्ल र जिल्ला वन कार्यलयका प्रमुख दीपक पण्डितसहितको टोली घटनास्थल पुगेर बालिकाका आफन्तलाई भेटेर चितुवा मार्ने वाचा गरेका थिए ।

नरभक्षी चितुवाले पछिल्लो ३ वर्षमा १८ जना भन्दा धेरै बालबालिकालाई आक्रमण गरेको छ । त्यसक्रममा १२ जनाको ज्यान गइसकेको छ । चितुवाको आक्रमणबाट घाइते ६ जना  उपचारपछि ठीक भएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.