ज्यान मुद्दा लगाइएका प्रकाण्डलाई दाङबाट सर्वोच्च लगिँदै

ज्यान मुद्दा लगाइएका प्रकाण्डलाई दाङबाट सर्वोच्च लगिँदै

तुलसीपुर :  भोजपुरबाट दाङ ल्याइएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई दाङबाट काठमाडौँ लग्ने तयारी गरिएको छ । 

बन्दीप्रत्यक्षकरणसम्बन्धी रिट परेपछि प्रकाण्डलाई काठमाडौँ झिकाएर हाजिर गराउन  सर्वोच्चले पत्र काटेको थियो । त्यसपछि उनलाई काठमाडौँ लाने तयारी गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख प्रकाश सापकोटाले जानकारी दिए । 

सर्वोच्चको चिठ्ठी जिल्ला प्रहरी कार्यालयमा आएपछि प्रकाण्डलाई बुधवार काठमाडौँ लगिन लागिएको उनले बताए । निर्वाचनको बेला दाङमा भएको बम विस्फोटमा एक म्यादी प्रहरीको मुत्यु भएको मुद्दा लगाएर उनलाई गत शुक्रवार दाङ ल्याइएको थियो । 

जिल्ला प्रहरी कार्यालय दाङले जिल्ला अदालतबाट सात दिनको म्याद गरेर अनुसन्धान गरिरहेका बेला प्रकाण्डलाई काठमाडौँ झिकाउन आदेश भएको हो । डीएसपी सापकोटाले सर्वाेच्चको निर्णयानुसार दाङको मुद्दा अघि बढ्ने बताए । ‘दाङबाट काठमाडौँ लग्ने तयारी भएको छ,’ सापकोटाले भने, ‘सकभर बुधवार नै काठमाडौँ लगिन्छ ।’

दाङ प्रहरी प्रमुख कृष्णहरि शर्माले सर्वाेच्च अदालतले गैरकानुनीरुपमा थुनिएको के कसो हो ? मान्छेसहित उपस्थिति हुनु भनेकाले सर्वोच्चमा उपस्थित गराउन लिन लागिएको बताए । सात दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको दाङ प्रहरीले त्यो म्याद नगुज्रिँदै सर्वाेच्चले उपस्थित गर्न निर्देशन दिएपछि उनलाई काठमाडौँ फिर्ता गर्न लागिएको छ । 

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका क्रममा तुलसीपुरमा बम विष्फोट गराएको अभियोगमा प्रकाण्डलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चुनावी सभालाई सम्बोधन गर्न दाङ आउँदा तुलसीपुर बजारमा बम बिष्फोट हुँदा एकजना म्यादी प्रहरीको मृत्यु भएको थियो । 

उक्त घटनामा विप्लव नेतृत्व नेकपाको संलग्नता रहेको भन्दै प्रहरीले प्रकाण्डालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रकाण्डले भने आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाउन खोजिएको आरोप लगाए । विश्वकर्माले यसको मूल्य चुकाएर छाड्ने पनि सरकारलाई चेतावनी दिँदै आएका छन । 

‘मलाई हतकडी लाग्दा हिजो जनयुद्धका मेरा सहकर्मीहरु प्रतिक्रियावादी भएका छन’, विश्वकर्माले भने, क्रान्तिपछि कोही प्रतिक्रियावादीहरु हुन्छन । कोही प्रतिक्रान्तिकारी हुन्छन र राष्ट्रघाती पनि हुन्छन यो स्वभाविक हो ।’ विश्वकर्माले गृहमन्त्री र प्रधानमन्त्रीलाई यसको मूल्य तिर्न नसक्ने गरि चुकाएर छाड्ने चेतावनी दिएका छन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.