दिदीबहिनीलाई सुतेकै ठाउँमा हानियो तेजाव, दुवैको अनुहार जल्यो

दिदीबहिनीलाई सुतेकै ठाउँमा हानियो तेजाव, दुवैको अनुहार जल्यो

चन्द्रपुर : यहाँको चन्द्रपुर नगरपालिका–६ बजारटोलका दुई किशोरीमाथि अज्ञात व्यक्तिले तेजाव हानेका छन् । तेजाव आक्रमणमा परेका दुवैजना दिदी बहिनी हुन् ।

चन्द्रपुर नपा–६ बजारटोलकी १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मिता दासलाई मंगलबार राति करिब १२ बजे अज्ञात व्यक्तिले अनुहारमा तेजाव हानर भागेका हुन् ।

घरमा सुतिरहेको अवस्थामा दुवैजनाको अनुहारमा तेजावले आक्रमण गरी भागेको पीडित परिवारले जनाएको छ । तेजाव हानेर भाग्ने व्यक्तिको खोजी गरीरहेको प्रहरीले जनाएको छ । तेजाव आक्रमणबाट घाइते भएका दुवैजनालाई चन्द्रपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

अनुहारमा तेजाव लागेर घाइते दुवै दिदी बिहिनीको उपचारका  काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा भइरहको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । राति करिब १२ बजे नचिनेको व्यक्तिहरु ढोका खोलेर घरमा पसेर दुवै छोरीको अनुहारमा तेजाव हानेर  भागेको पीडित किशोरीहरुका बुवा जादोलाल दासले बताएका छन् ।

ढोकाको चुकुल कमजोर रहेकाले तेजाव आक्रमण गर्ने व्यक्तिले सहजै खोलेको पीडित परिवारको अनुमान छ । सम्झनाको अनुहारमा घाउ र आ“खामा तेजावका कारण धेरै चोट लागेको छ । सुस्मिताको टाउको र अनुहारमा घाउ भएको छ ।  अध्यारो भएकाले तेजाव हान्ने व्यक्ति चिन्न नसकेको उनीहरुले बताएका छन् ।

घाइते सम्झनाले जनज्योति माविमा कक्षा ७ मा पढेर छोडेकी थिइन् भने १५ वर्षीया सुस्मिता त्यही विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन् । दुवै घाइतेहरु राति उपचार गर्न ल्याएको बताउँदै चन्द्रपुर अस्पताल प्रालिका डा. सुभाष कुमार चौधरीले उनीहरुको अनुहारमा घाउ भएको जानकारी दिएका छन् ।

घटनाको खबर पाएलगत्तै डिएसपी युवराज खड्काको टोली घटनास्थल पुगेको थियो । घटनाबारे अनुसन्धान भइरहेको जनाउँदै उनले फरार व्यक्तिको खोजी पनि जारी राखिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.