कालीगण्डकी किनारमा महिलाको शव
कुश्मा : पर्वतको कुश्मा नगरपालिका–१ स्थित सहस्रधारामा महिलाको शव भेटिएको छ ।
कालीगण्डकी नदीको पर्वत तर्फको किनारमा बिहीबार विहान शब भेटीएको हो । अन्दाजी ४०÷४५ वर्ष उमेरको मंगोलियन अनुहारको जस्तो देखिने महिलाको पहिचान भने खुल्न सकेको छैन।
शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ । उनको खोजीका लागि कसैले पनि खबर नगरेको र कोही आफन्तहरु सम्पर्कमासमेत नआएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।
बेवारिसे शव भेटिएको बारे मातहतका सवै युनिटमा खबर गरेपनि कोही आफन्त सम्पर्कमा नआएको उनको भनाइ छ । बुधवार दिउँसोदेखि कालीगण्डकीमा ठूलो बाढी आएकाले बाढीले बगाएर ल्याएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।