एक किशोरी : जसले आफूलाई बलात्कार गर्न खोज्नेको ज्यानै लिइन्

एक किशोरी : जसले आफूलाई बलात्कार गर्न खोज्नेको ज्यानै लिइन्

रामेछाप : रामेछापको रामेछाप नगरपालिका–७ रजरगाँउमा १३ वर्षीया नाबालिकाले आफूलाई बलात्कार गर्न खोज्ने एकजना ६५ वर्षीय वृद्धको ज्यान लिएकी छन् ।  विहीबार विहान ८ बजेतिर आफूलाई जबरजस्ती गर्न खोजेको भन्दै १३ वर्षीया किशोरीले रड प्रहार गरेर ६५ वर्षीय पुर्णबहादुर श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ ।

स्थानीय विद्यालयमा कक्षा ८ मा अध्ययनरत किशोरीले जंगलमा घाँस काट्न जाने बेलामा आफुलाई जबरजस्ती गर्न खोज्दा भागेर जोगिएको बताएकी छन् । उनले आफुलाई बलात्कार गर्न खोज्ने वृद्धलाई घरबाट फलामको रड ल्याएर टाउकोमा प्रहार गर्दा घटनास्थलमै ढलेको पनि प्रहरी समक्ष स्वीकार गगरेकी छन् । 

नातामा आफ्नै हजुरबुबा पर्नेलाई आफुले रड प्रहार गरेर आएको भन्दै नाबालिकाले विहान १० बजेतिर रामेछाप प्रहरीसमक्ष आत्मसमर्पण गरेकी थिइन् । घटनाको सुक्ष्म अनुसन्धान भइरहेको रामेछापका प्रहरी नायव उपरीक्षक अमरेन्द्र बहादुर सिंहले जानकारी दिए । 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.