सडक अवरुद्ध भएपछि मुक्तिनाथ गएका तीर्थयात्रीको बिचल्ली

सडक अवरुद्ध भएपछि मुक्तिनाथ गएका तीर्थयात्रीको बिचल्ली

मुस्ताङ : बेनी-जोमसोम सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि आएका तीर्थयात्री र पर्यटकको बिचल्ली भएको छ।  सडक अवरुद्ध भएर सवारी साधन चल्न नसकेपछि जिल्ला भ्रमणमा आउने पर्यटक, मुक्तिनाथ दर्शनका लागि आउने यात्री र स्थानीयवासीलाई आवतजावतमा समस्या भएको हो। 

दर्जनौं ठाउँमा पहिरा जानुका साथै हिलो, कटान र बाढीले सडक अवरुद्ध बनाएपछि यात्रु गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन्। म्याग्दीको रुप्से र मुस्ताङको घाँसादेखि लेते सडक खण्डको धेरै ठाउँमा अवरुद्ध भएको छ। 

७६ किलोमिटरको उक्त सडकमा गाडीबाट यात्रा गर्न सर्वसाधारणलाई तीन दिनसम्म लागेको स्थानीयबासीको गुनासो छ। यसैबीच सडक अवरुद्ध बनेपछि अलपत्र बनेका भारतीय तीर्थयात्रीलाई बिहीबार हेलिकप्टरबाट उद्धार गरिएको छ। 

प्रभु एयरको हेलिकप्टरले दानादेखि बेनी ल्याएर करिब एक सय भारतीय तीर्थयात्रीको उद्धार गरेको दानाबाट स्थानीयवासी इन्द्रसिङ शेरचनले जानकारी दिए। मुस्ताङका कृषकले उत्पादन गरेको स्याउ ढुवानीमा समस्या भएकाले कृषक निराश बनेका छन्। 

बेनी-जोमसोम-कोरला सडक आयोजनाका लागि ल्याइएका डोजर परिचालन गरेर सडक मर्मतको काम गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले केही दिन लाग्ने आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले बताए। पहिरोले लेते खोला नजिकै करिब दश मिटर सडक बगाएको छ भने बेलिब्रिज कटानको जोखिममा परेको छ। 

कुन्जोमा स्वास्थचौकी तथा आमा समूहको भवन पूर्णरूपमा क्षति पुगेको छ। थासाङ गाउँपालिका-२ सौरुमा बाढीले दश घरमा क्षति पुर्‍याएको गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनले बताए। पहिरो पन्छाएर सडक मर्मत र पहिरो प्रभावितको व्यवस्थापनका लागि पहल गरिएको प्रतिनिधिसभा सदस्य पे्रमप्रसाद तुलाचनले बताए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.