नयाँ गाडीको ताँती

नयाँ गाडीको ताँती

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि नाडा आटो सो २०१८ सुरु भएको छ। अघिल्ला वर्ष जस्तै यो वर्ष पनि नाडा अटो सोमार्फत विभिन्न ब्रान्डका सवारीसाधनले नेपाली बजारमा प्रवेश पाएका छन्। कतिपयले आफ्ना पुरानै तर फ्याल्गसीप मोडल प्रस्तुत गरेर छन्। व्यापारभन्दा पनि ग्राहकलाई आकर्षण गर्ने अवसरका रूपमा लिइने नाडा सोमा यसपटक पनि गाडीसँगै उभिएका सुन्दर मोडललाई आँखा लगाउनको भीड छ।जहाँ सुन्दर मोडल राखेर वाइक, कार राखिएका थिए, त्यहाँ मानिसको ठूलै भीडभाड थियो। होला त्यहाँ मोडलसँगै राम्रा ब्रान्डका राम्रो उत्पादन पनि थिए होलान्।

तर, त्योभन्दा पनि फरक माहोल थियो, हुन्डाई, टोयटा, सुजुपी, हीरो, टीभीएस, बजाज, टाटा, यामाहालगायत ब्रान्डका स्टलमा। जहाँ मानिस स्वस्फुर्त पुगका थिए। त्यहाँ उनीहरूलाई न कुनै उभिएको राम्री मोडलले तानेका थिए, न कुनै आकर्षण गिफ्ट ह्याक्परले। लामो समयदेखि नेपाली बजारमा परिचित यी ब्रान्डसँगको विश्वासले नै होला, उनिहरु त्यहाँ आएको नयाँ उत्पादनका बारेमा जानकारी लिन, खरिदका लागि बुकिङ गर्ने लगायतका काम गरिरहेका थिए। कतिपय त त्यी नयाँ उत्पादनसँग सेल्फी खिच्दै पनि थिए। मेलामै एउटा साथीलाई मैले बाइमा चढेर सेल्फी खिच्दै गरेको देखेको थिए। केही समयपछि उसले फेसबुकमा ‘नाडा अटो सोमा मन परेको बाइकसँग’ भनेर स्टाटस नै हाल्यो।यो त एउटा घटनामात्रै हो।

नाडा अटो सोमा पुगेर बाइक तथा कारममा बसेर फोटो खिच्ने र खिचाउने हजारौं छन्। हुन पनि हो। विश्व बजारमा भित्रिएका तर नेपाली बजारमा नआएका कतिपय फ्याल्गसीप कार, बाइक तथा स्कुटर पनि त्यहाँ प्रदर्शनमा राखिएको छ। कतिपय बाइक र कारको मूल्य पनि बराबर छ। त्यहाँ २६ लाखसम्मको बाइक र करोडौं रुपैयाँपर्ने कारको प्रदर्शनी भएको छ। यही विविधता र आकर्षले वार्षिक रूपमा आयोजना हुने यो सो लाखौंले अवलोकन र अर्बांैको व्यापार हुन सम्भव भएको छ। अर्कोतर्फ बर्सेनि भित्रिने नयाँ ब्रान्डले पनि यो मेलालाई थप आकर्षण बनाएको छ।

विश्वबजारका चिरपरिचित ब्रान्डको आगमनले कार र बाइकका सौखिनलाई पनि त्यहाँ डो¥याउन सफल भएको छ। त्यसैले त, यही अटो सोबाट भित्रिएको नयाँ ब्रान्ड ‘जिप’ का उत्पादनमा पनि ठूलो माहोल बन्यो। विश्वकै पहिलो एसयूभी ब्रान्ड भनेर चिनिने जिपले पनि आफ्नो नयाँ तथा पुराना युनिक उत्पादनलाई त्यहाँ प्रस्तुत गरेको छ।सबैको आ–आफ्ना युनिक उत्पादनसँगसँगै त्यहाँ विभिन्न योजना र सजावटको पनि माहोल छ। कम्पनीले अवलोकनकर्तालाई आकर्षण गर्न विभिन्न योजना त प्रस्तुत गरेकै छन्। त्यो भन्दापनि त्यहाँ विभिन्न खेल समेत खेलाइएको छ। आफ्नो ब्रान्डको बारेमा अवलोकनकर्तालाई प्रश्न सोध्ने र सही जवाफ आएका केही उपहार प्रदान गर्ने खेल पनि चलिरहेको छ। कतै स्टलमा अवलोकनकर्तालाई बोलाएर उनीहरूको फोटो खिची, फोटोलाई फेसबुक फोटो कन्टेस्टमा सहभागी गराउने काम पनि भइरहेको छ। फेसबुक फोटो कन्टेस्ट जित्नेले ठूलै उपहार पाउँछन्।

सजि–सजावटमा आकर्षणझट्ट हेर्दा यो वर्षको ‘सो’ सजिसजावटमा भने केहीपछि परेको जस्तै लाग्यो। मुख्य गेटबाट प्रवेश गर्दा जुन रौनकता र आर्षण थियो त्यसले अन्त्यसम्म निरन्तरता दिन सकेको देखिएन। यस अघिका सो निरन्तर घुमिरहेका अवालोकनकर्ताले त्यो महशुस गर्न भ्याए पनि होलान्। अथवा मलाई मात्रै त्यस्तै फिल भएको हुन पनि सक्छ। लक्ष्मी हुन्डाईका मार्केटिङ म्यानेजर आवशिस ओझा पनि यो वर्षको सोको सजिसझावटमा केहीपछि परेको हो कि भन्दै थिए। ‘यो वर्ष सोमा अघिल्लो वर्षभन्दा सजिसजावटमा धेरै खर्च भएको छ’, उनले भने, ‘खर्च बढेको भएतापनि कुनै स्टल आकर्षण भएका छन् भने कसैको स्टल खल्लो भएको छ। सबै एकै नासका भने देखिएका छैनन्।’ हुन पनि हो। त्यहाँ कुनै स्टल सजाइएकै भरले मानिस आकर्षित भएका थिए।

विषेशगरी कारमा निसान, जिप, रेनल्ट, स्याङ्योङ्, टाटाका स्टलबढी आकर्षण थिए। बाइकमा हार्ले डिभिडसन, होन्डा, यूएमको स्टलको आकर्षण बेग्लै थियो। सजिसवाजवटले फरक पार्छ भन्ने कुराको उदाहरण थिए ती स्टल। यसपटक स्टललाई साधारण र आकर्षण बनाउन कोशिष गरेको देखियो। त्यसैले त, धेरै जसो स्टलको भुँइको भागलाई योपटक सडक पिच गरेजस्तै बनाइएको थियो। 

अघिल्ला वर्ष जस्तै यो वर्ष पनि नाडा अटो सोमार्फत विभिन्न ब्रान्डका सवारीसाधनले नेपाली बजारमा प्रवेश पाएका छन्।

विद्यतीय कारयो वर्षको नाडा अटो सोमा विद्युतीय कारको फरक रौनक देखियो। नेपालमा विद्युतीय कार भित्रिएको दशक नाघिसके पनि यो वर्ष नाडामा विद्युतीय गाडी भिœयाउने होड नै चल्यो जसले अवलोकनकर्ताको ध्यानसमेत केन्द्रित गरेको छ। गत वर्ष किया र महिन्द्राका मात्रै इलेक्ट्रिक गाडी सोमा देखिएको भएता पनि यो वर्ष घेरै ब्रान्डले विद्युतीय गाडी भिœयाएका छन्। यसपटक टाटा, हुन्डाई र रेनोले पनि मेलामा आफ्ना नयाँ विद्युतीय गाडी प्रस्तुत गरेका छन्। विद्युतीय सवारीमा देखिएको यो आकर्षणले अब नेपालमा पनि विद्युतीय सवारी सम्भव छ भन्ने देखाएको नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष शम्भु दाहाल। ‘अहिलेसम्म नेपालमा इलेक्ट्रिक कारप्रति सर्वसाधारण विश्वस्त हुन सकेका छैनन्’, उनले भने, ‘अटो सोमा देखिएको विद्युतीय गाडीको रौनकताले नेपालमा इलेक्ट्रिक कार भित्रिने क्रम बाक्लो हुने विश्वास गर्न सकिन्छ।

’त्योभन्दा पनि टाटा, हुन्डाईजस्ता कम्पनीको विद्युतीय कार नेपाली बजारमा प्रवेश गर्दा बजारमा विद्युतीय सवारीमा उपभोक्ताको आकर्षण झनै तानिने विश्वास गर्न पनि सकन्छि। यो वर्ष नाडा अटो सोमा कियाको सोल, टाटाको टिगोर, हुन्डाईको आयोनिक, रेनल्टको जोई, महिन्द्राको भेरिटो राखिएको थियो। नेपालमा उपलब्ध अर्को विद्युतीय कार बीवाईडी पनि हो

न याँ उत्पादननाडा अटो सोलाई बाइक र गाडी सार्वजनिक गर्ने थलोका रूपमा हर्दै आइएको छ। यो वर्ष पनि नाडामा त्यस्तै भयो। दर्जनौंको संख्यामा नयाँ बाइक तथा कार सोमार्फत सार्वजनिक गरियो। सो अवलोकन गर्न आउनेलाई लक्ष्य गर्दै कम्पनीले आफ्ना उत्पादन सार्वजनिक गरे। कति नयाँ ब्रान्डको प्रवेश भयो भने, कति ब्रान्डले नयाँ उतपादन ग्राहकमाझ प्रस्तुत गरेका छन्। नयाँ गाडी सार्वजनिक गर्ने कम्पनीमा हीरो, महिन्द्रा, टाटा, होन्डा, स्कोडा, जिप, टीभीएस, हुन्डाई र एमडब्लूएम रहे। उनीहरूले क्रमसः एक्स्ट्रिम २०० आर बाइक, ई–भेरिटो, ई–टीगोर र नेक्सन, सीआर–भी र अमेज, कोडिया सोकेस, कम्पास, अचाचे आरआर ३१०, आयोनिक र एमडब्लूएमको विभिन्न उत्पादन रहेका छन्। एमडब्लूएम ब्रान्ड नेपालमै पहिलोपटक सोमार्फत नै प्रवेश गरेको हो।

 

०रोजाइमा साना गाडीनाडा अटो सोमा सानाठूला सबै किसिमका गाडी देखिए। वनावट र आकारम फरक देखिने गाडीबीचमा पनि आकारले घेरै फरक पारेको देखियो। त्यहाँ ठूला गाडी हेर्नेको पनि ठूलो माहोल थियो। एसयूभी र सेडान जस्ता आकर्षण गाडीका बीचमा पनि ग्राहकको आँखा भने सानो गाडीमा बढी थियो। गाडी किन्ने सोचा बनाएर मेलामा बुकिङ गर्न आएका धेरै साना गाडीको बारेमा जानकारी लिन, गाडीभित्र बसेर त्यसको आरामदायीता जाँच गर्नेलगायत काम गरिरहेका थिए। १५ लाखदेखि ३० लाखसम्मका छरिता कारप्रति ग्राहकको आकर्षण थियो।गाडी किन्ने सोचका साथ बुकिङ गर्न नाडामा पुगेका कीर्तिपुर निवासी व्यवसायी सन्तोस महतो पनि सानै गाडी हेरिरहेका थिए।

'काठमाडौंको असहज र जाम हुने यात्रामा ठूलोभन्दा सानै गाडी ठीक छ’, उनले भने, ‘गाडी आवश्यक भएको छ। सानो पुँजीले साना गाडी खरिद गर्न सकिने भएकाले पनि म यस्तै गाडी खोज्दैछु।’ यो विषयमा नाडाका अध्यक्ष दाहालको पनि उस्तै बुझाइ थियो। ‘पछिल्लो सयम नेपालमा एसयूभी र सेडान जस्ता थुप्रै गाडी भित्रिएका छन्’, अध्यक्ष दाहालले भने, ‘ एसयूभी र सेडानका सीमित ग्राहक छन्। तर साना गाडी नेपाली बजारमा सदाबहार हो। यो सँधै आउँछ, ग्राहकले पनि रुचाएका छन् र नेपालमा सबैभन्दा बढी बिक्री हुने गाडी पनि यही हो।’ यो वर्षको नाडा अटो सोमा पनि यस्तै हुने उनले अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.