बन्चरो प्रहार गरी श्रीमतीको हत्या

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

महेन्द्रनगर : कञ्चनपुरको खल्ला क्षेत्रमा एक युवकले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। भीमदत्त नगरपालिका ९ खल्ला मुछेट्टीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ। 

खल्ला मुछेट्टीका स्थानीय चन्द्र पुन मगरले ३५ वर्षीया श्रीमती विमला पुनमगरको हत्या गरेको प्रहरी प्रमुख एसपी कुबेरसिंह कडायतले जानकारी दिए।  उनका अनुसार शुक्रबारराति घरमै बन्चरो प्रहार गरी हत्या भएको हो। हत्या भएको स्थानीयले शनिबार बिहान मात्रै थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। 

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरदेखि करिब २० किलोमिटर दूरीमा रहेको उक्त क्षेत्रमा टेलिफोनले काम नगर्ने हुँदा ढिलो गरी मात्रै खबर बाहिर आएको हुन सक्ने जनाइएको छ। 

हत्या गरे लगत्तै चन्द्र पुन मगर फरार रहेको प्रहरीले जनाएको छ। उनको खोजी कार्य भइरहेको छ। राति श्रीमान श्रीमतिको झगडा भएको गाउँलेले बताएका छन्। झगडाकै क्रममा बन्चरो प्रहार गरेर हत्या गरेको हो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.