बलात्कारको अारोपमा हजुरबुवा र काका जेल जाने

बलात्कारको अारोपमा हजुरबुवा र काका जेल जाने

नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिकामा नातिनी र भतिजीलाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा पक्राउ परेका दुवै जनाको प्रहरी अनुसन्धान अन्तिम चरणमा पुगेको छ। कोहलपुर ३ मैटहवामा सहोदर पाँच वर्षीया भतिजी बलात्कार गर्ने १९ वर्षीया हरुण खानले प्रहरी र सरकारी वकिलसँगको बयानमा अभियोग सकारिसकेको इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखाका इन्सपेक्टर मानबहादुर जिसीले बताए।

‘कानुनी प्रक्रिया चलिरहेको छ। पुर्पक्षका लागि २५ दिन थुनामा राख्ने प्रावधान अनुसार मात्र ढिलाइ भएको हो’, जिसीले भने, ‘अभियुक्तले अपराध स्विकारेकाले सजायका लागि अब अदालतबाट मुद्दाको फैसला हुन मात्र बाँकी छ।’ बलात्कारपछि बालिकाको योनीबाट रगत बगेको थियो। मेडिकल रिपोर्टबाट पनि बलात्कार भएको पुष्टि भइसकेको छ। खानविरुद्ध प्रहरीले पक्राउ परेको २५ दिनअघि नै मुद्दा दायर गर्ने तयारी गरेको छ। भारतको उत्तर प्रदेश राज्यको भिंगी रहेली घर भई मैटहवामा खानका दाजुभाइ गाउँगाउँ डुलेर कपडा बेच्ने गर्थे। दाजुभाउजु घरमा नभएको मौका छोपी भतिजीलाई बलात्कार गरेका थिए।

घटनालगत्तै अभियुक्त खानलाई पक्राउ गरी प्रहरीले बालिकालाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गरिएको थियो। बलात्कार भए नभएकोबारे स्वास्थ्य परीक्षण भने नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा भएको थियो। यसैगरी १३ वर्षीया नातिनी बलात्कारको विषयमा पनि इप्रका कोहलपुरको अनुसन्धान करिब अन्तिम चरणमा पुगेको छ। अभियुक्त ७० वर्षीय हजुरबुबालाई जिल्ला अदालत बाँकेबाट सुरुमा पाँच दिन र त्यसपछि अहिले १० दिन म्याद थपेर प्रहरीले अनुसन्धान जारी राखेको छ। भेरी अञ्चल अस्पतालको स्वास्थ्य परीक्षणले नातिनीको योनी च्यातिएको रिपोर्ट दिएको छ। अस्पतालको रिपोर्टमा योनी तत्काल नभइ केही समय अगाडिदेखि योनी च्यातिएको देखाएको छ।

अभियुक्त हजुरबुवाले विगत तीन वर्षदेखि बलात्कार गर्दै आएको र पछिल्लो समय गत वैशाखमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ। घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले बालिकाको भेजाइनल स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार ललितपुर पठाएको छ। प्रहरी प्रयोगशालाको रिपोर्ट कुरेर बसेको छ। एकपटक म्याद थपेर प्रहरी मुद्दा चलाउने तयारीमा छ। ‘तीन वर्षदेखि बलात्कार गरेको अभियोग छ। योनी च्यातिएको मेडिकल रिपोर्ट आएको छ। योभन्दा ठूलो अर्को के प्रमाण हुन्छ। अब बाजे जेल जानुको विकल्प नै छैन’, एक प्रहरी अधिकृतले भने।

अभियुक्त हजुरबुबाले भने राजनीतिक दवाब र आर्थिक चलखेल गरेर मुद्दाको छिनोफानो गर्ने कसरतमा रहेको कोहलपुर क्षेत्रमा हल्ला छ। कोहलपुरका इन्चार्ज डीएसपी रमेशबहादुर सिंह आपूmले पनि यस्ता कुरा सुनेको बताउँछन्।

कुनै पनि राजनीतिक दलले मुद्दा मिलाउन दवाब नदिएको उनी दाबी गर्छन्। उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘मलाई आजसम्म कुनै राजनीतिक दलको नेताले मुद्दा मिलाइदिनु प¥यो भनेर फोन गरेका छैनन्। फौजदारी अभियोगको प्रहरीमा दायर गरिएको मुद्दामा मिलापत्र नै सम्भव हुँदैन।’

तीजकै दिन बलात्कार भएको भनेर इप्रका कोहलपुरमा २२ वर्षीया युवकबाट बलात्कारको शिकार भएको भनेर जाहेरी दिएकी १७ वर्षीया अर्की युवतीले भने केटा पक्षको दवाबमा प्रहरीसँगको बयान फेरिरहेको इप्रका स्रोतले जनाएको छ। प्रहरीले थप अनुसन्धानका लागि युवतीको भेरी अञ्चल अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणको रिपोर्ट पर्खेको छ।

यस्तै, नेपालगन्ज उपमहानगरपालिका ४ गणेशपुरमा झारफुकका नाममा १५ वर्षीया युवती बलात्कार गर्ने साइबाबा उपनामले चिनिने व्यक्तिबारे पनि जिल्ला प्रहरी कार्यालय बाँकेको अनुसन्धान जारी छ। पाँच महिनादेखि बलात्कार गर्दै आएका साइबाबाले युवती गर्भवती भएको थाहा पाएपछि गर्भ तुहाउने औषधी प्रयोग गरेका थिए।

योनीबाट रगत बगेपछि काकाको सहयोगमा उनले प्रहरीमा जाहेरी दिएकी हुन्। भेरी अञ्चल अस्पतालले युवतीको गर्भमा बच्चा नरहेको रिपोर्ट दिइसकेको छ। प्रहरीले योनीबाट किन रगत बगेको हो भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ। बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेल अभियुक्तलाई थुनामा राखेर अनुसन्धान गरिरहेकाले अहिले नै सबै कुरा भन्न नमिल्ने बताउँछन्। जबरजस्ती करणीलाई गम्भीर फौजदारी अपराध मानिने भएकाले यस्तो अपराधमा मिलापत्र हुँदैन। मिलापत्र गराउने सरकारी अधिकारी र संलग्न सबैलाई पनि कारबाही हुने कानुनी व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.