सात विद्यार्थीलाई पाँच शिक्षक !

सात विद्यार्थीलाई पाँच शिक्षक !

दाङ : विद्यालय क्षेत्र खुला छ। हजारौं विद्यार्थी अट्न सक्ने शैक्षिक पूर्वाधार प्रशस्तै छ। बर्सेनीजसो राज्यको लगानी पनि बढिरहेको छ। विद्यालयको बाहिरी वातावरण हेर्दा विद्यालयमा विद्यार्थीको संख्या धेरै होला भन्ने अनुमान गर्न सकिन्छ । तर अचम्म नमान्नु होस् विद्यालयको वास्तविक अवस्था भने फरक छ। प्राविस्तरको विद्यालयमा जम्मा सातजना विद्यार्थी अध्ययनरत छन्।

विद्यालयमा भने ६ जना शिक्षक कार्यरत छन्। सुन्दा अचम्म र अनौठो लाग्ला तर पनि विगत चार वर्षदेखि विद्यालयको अवस्था यस्तै छ। दंगीशरण गाउँपालिका- ५ मिरौलीमा रहेको सरस्वती प्राथामिक विद्यालय दाङको अवस्था अहिले यस्तै छ। विद्यालयमा सातजना विद्यार्थी नियमित रुपमा पढन आउँछन्। सातजना विद्यार्थीका लागि राज्यले ६ जना शिक्षक कर्मचारीको व्यवस्थापन मात्र गरिदिएको छैन करौडौको संरचना पनि ठडाइदिएको छ।

विद्यालयमा ५ जना शिक्षक र एकजना सहायक कर्मचारी छन्। ७ जना विद्यार्थीलाई तिनै शिक्षकले  पढाइरहेका छन्। शिशु कक्षाका दुईजनालाई दुईजना शिक्षिकाले र अर्का कक्षामा दुई शिक्षकले पाँचजनालाई पढाउँदै आएका छन्।

विद्यालयमा शिशु कक्षामा २ जना, कक्षा १ मा १ जना, कक्षा २ मा २ जना, कक्ष ४ मा २ जना विद्यार्थी छन्। विद्यालयमा दुई जना स्थायी शिक्षक, २ जना बालविकास शिक्षक, १ जना राहात शिक्षक र एक जना विद्यालय कर्मचारी कार्यरत रहेका छन्।

शिशु कक्षामा त एक विद्यार्थी बराबर एक शिक्षक छन्। कुनै कक्षाम एकजना पनि विद्यार्थी छैनन् । कक्षा ३ र ५ मा एकजना पनि विद्यार्थी कक्षा कोठामा देखिदैनन्। विगत ४ वर्षदेखि उक्त विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ। अत्यन्त न्यून विद्यार्थी भर्ना हुन आउने गरेको विद्यालयका प्रधानाध्यापक बिजयकुमार भट्टराईले जानकारी दिए। प्रधानाध्यापक भट्टराइले विद्यालयमा भर्ना २७ जना विद्यार्थी भएको र पढनका लागि थोरै आउने गरेको बताए।

पछिलो समय जिल्लाका सामुदायिक विद्यालयको अवस्था विद्यार्थीबिहीन बन्दै गइरहेको छ। दंगीशरणमा मात्रै न्यून विद्यार्थी भएका विद्याल तीनवटा रहेको गाउँपालिकाले जनाएको छ। उक्त विद्यालयमा विद्यार्थीको चाप अत्यन्त न्यून भएपछि केही वर्षदेखि मर्जको कुरा चले पनि पुरा नभएको र विद्यार्थी संख्या घट्दै गएको प्रअ भट्टराईले बताए।

विपन्न समुदायका बालबालिका पढ्न आउने उक्त विद्यालयमा वार्षिक परीक्षाको समयमा भने २८ जनासम्म विद्यार्थी आउने गरेको भट्टराईले जानकारी दिए।१ किलो मिटर दूरीमा प्रावि तहको विद्यालय स्थापना हुनु, निजी विद्यालयको खोलिनुले विद्यार्थी संख्या कम भएको उनले दावी गरे। 

विद्यालयको भर्ना लिस्टमा शिशु कक्षामा नौजना, कक्षा १ मा पाँच, कक्षा २ जना तीन, कक्षा ३ मा एक, कक्षा ४ मा तीन र कक्षा ५ मा चारजना विद्यार्थी भर्ना भएको देखाइएको छ। २०४८ सालमा स्थापना भएको विद्यालय सुरु सुरुमा विद्यार्थी संख्या राम्रै रहेको थियो। पछिल्लो समयमा मात्रै शिक्षक र विद्यार्थी बराबरजस्तो हुन थालेका हुन्। विद्यालयलाई अन्य विद्यालयसँग मर्ज गर्ने तयारी गरिएको वडा नम्बर- ३ का अध्यक्ष पूर्णबहादुर चौधरीले जानकारी दिए। विद्यालयमा विद्यार्थी संख्या कम भएकाले नजिकका विद्यालय गाभ्नुपर्ने अवस्था आएको उनले बताए। 

गाउँपालिकाको पोटली, सीमठाना र चिसमा रहेका प्राथमिक विद्यालयको अवस्था पनि यस्तै छ। गाउँपालिकाका शिक्षा शाखा संयोजक अलिन केसीले यस्ता खालका विद्यालयको पहिचान गरेर प्रभावकारी भूमिका खोज्ने बताए।'गाउँपालिकामा अत्यन्तै कम विद्यार्थी भएका केही विद्यालय छन् उनले भने,' तिनको व्यवस्थान गर्नुपर्छ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.