सौर्य एयरकाे जहाजमा चराे ठोक्‍कियो, विराटनगरमा ग्राउन्डेड

सौर्य एयरकाे जहाजमा चराे ठोक्‍कियो, विराटनगरमा ग्राउन्डेड

काठमाडौं : काठमाडौंबाट विराटनगरका लागि उडेको सौर्य एयरलाइन्समा चरा ठोक्‍किएको छ। काठमाडौंबाट उड्ने वित्तिक्‍कै चरा ठोक्‍किएको सौर्य एयरको सीआरजे २०० नामक जेट विमान विराटनगर पुगेर ग्राउन्डेड भएको छ।

त्रिभुवन विमानस्थलबाट बिहान सवा नौ बजे सीआरले २०० नामक उडान नम्बर ७१ को उक्त जहाज उड्ने बित्तिकै चरा ठोक्‍किएको भएपनि विराटनगरमा गएर मात्रै चालक दलले थाहा पाएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए। उनले भने, 'जहाज उड्ने वित्तिकै चरा ठोक्‍किएको रहेछ, अर्को जहाज आएपछि धावनमार्गमा चरा मरेको देखेपछि मात्रै थाहा पायौं।' यो विमानको बायाँ पंखामा चरा ठोक्‍किएको इन्जिनको २ वटा प्लेट बागिंएको छ।

चरा ठोक्‍किएको चालक दलले थाहै नपाए पनि बीच बाटोबाट इन्जिन अनियन्त्रित भएको जानकारी विराटनगर विमानस्थललाई गराएको थियो। विराटनगरमा जहाज अवतरण गरेपछि मात्रै चरा ठोक्‍किएको थाहा भएको सौर्य एयरलाइन्सले जानकारी दिएको छ। सौर्य एयरका अनुसार उडान रद्द गरी विमानको मर्मत भइरहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.