उदयपुरको घुर्मीमा जीप दुर्घटना, एकको मृत्यु, ८ घाइते
ओखलढुंगा : उदयपुरको घुर्मीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ। काठमाडौंबाट ओखलढुंगातर्फ आउँदै गरेको एवान सिटीभिलेज यातायातको ना१ज ७९६९ नम्बरको जीप उदयपुरको कटारी नगरपालिका- १४ घुर्मी बजार नजिक बादुरामा दुर्घटना भएको हो।
दुर्घटनामा विदेशी नागरिक हुलेस सेभेलको घटना स्थलमै ज्यान गएको घुर्मीका ट्राफिक प्रहरीका इन्चार्ज रामकुमार शाहले बताए। जीपमा सवार २ विदेशी नागरिकमध्ये मृतक महिला हुन्। उनी कुन देशकी नागरिक हुन् भन्ने खुलेको छैन। चालक र एक विदेशी नागरिकसहित ८ जना घाइते भएका छन्।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई उपचारका लागि राजधानी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।