कुहिन थाल्यो करोडौंको स्याउ

कुहिन थाल्यो करोडौंको स्याउ

बेनी : बेनी–जोमसोम सडक पहिरोले अबरुद्ध बनेपछि मुस्ताङको प्रमुख कृषि उत्पादन स्याउ बजारमा पुर्‍याउन समस्या भएको छ। बगैंचाबाट टिपेर बजार पठाउन ठिक्क पारेको स्याउ गोदाममै कुहिन थालेको किसानले बताएका छन्। भदौ अन्तिम सातादेखि किसानले स्याउ टिपेर बजार पठाउने तयारी गरेका थिए।

बेनी–जोमसोम सडक दर्जनौं ठाउँमा पहिरो गएको छ। किसानले स्याउ टिप्नु र सडकमा गाडी आउजाउ रोकिनु एकैचोटि भएको छ। ‘बगैंचाबाट टिपेर गोदाममा राखेको र ट्रकबाट पठाउन लागेको लाखौं रुपैयाँको कुहिन थालेको छ’, बेनीबाट स्याउ किन्न मुस्ताङ गएका व्यापारी सन्तमान तामाङले भने, ‘डोकोमा बोकेर ढुवानी गर्दा महँगो पर्छ।’

तामाङका अनुसार स्याउ समयमै बजारमा पुर्‍याउन नसके कुहिन्छ। ‘ढिलो भए स्वाद पनि हराइसक्छ’, उनले भने। व्यापारीले अग्रिम पैसा दिएर अधिकांश बगैंचाका स्याउ साउनमै किनेका थिए। बेनी, पर्वत, बागलुङ, पोखरा, धादिङ, काठमाडौं, चितवनलगायत सहरका व्यापारीले बोटमै स्याउ किन्ने गर्छन्। बगैंचाको स्याउ बिक्री भइसके पनि ढुवानी समस्याका कारण टिप्न र बजार पठाउन नसकेको टुकुचेका किसान हरि थकालीले बताए। ‘पोहोर यतिबेला सबै स्याउ बजार पुगिसकेको थियो’, उनले भने, ‘यसपालि टिप्न सुरु भएकै छैन।’

बेनी–जोमसोम सडक दर्जनौं ठाउँमा पहिरो गएको छ। किसानले स्याउ टिप्नु र सडकमा गाडी आउजाउ रोकिनु एकैचोटि भएको छ।

मुस्ताङको कोबाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, छुसाङको एक हजार एक सय १५ हेक्टरमा रेड, रोयल, रिचारेड, गोल्डेर फुजी डेलिसियस जातको स्याउखेती छ। त्यसमध्ये तीन सय ७० हेक्टरमा लगाइएको बोटले फल दिने गरेको साविक कृषि विकास कार्यालयको तथ्यांक थियो।

वार्षिक पाँच हजार टन हाराहारीमा स्याउ उत्पादन हुने मुस्ताङबाट अघिल्लो वर्ष करिब २५ करोड रुपैयाँको स्याउ बिक्री भएको थियो। विगतमा भदौमै आधाभन्दा बढी स्याउ बजार पुग्ने गरेकामा यसपालि चौथाइ पनि निकासी हुन नसकेको घरपझोङ गाउँपालिकाको कृषि शाखाका प्रमुख विमल खड्काले बताए। ‘मुस्ताङको स्याउ बजार पठाउन ढिला भए चिनियाँ र भारतीय स्याउले बजार लिन्छ’, उनले भने। ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक राहुघाट, रुप्से, काभ्रे, बादरजुङ, लेते क्षेत्रको अक्करे भीरको फेदीमा पहिरोले सडक भत्काउने र नदीले कटान गर्दा सवारी आवतजावत ठप्प भएको छ। स्थानीय, पर्यटक र तीर्थयात्री समस्यामा परेका छन्। पहिरो र सडक समस्याका कारण पर्यटक आगमन घटेको छ।

पर्यटन र होटल व्यवसायमा समेत असर पुगेको छ। एक्साभेटर, ब्याकुलोडर र मजदुर परिचालन गरेर सडक खुलाउने प्रयास भए पनि कठिन भौगोलिक अवस्थाका कारण समस्या भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनियर प्रदीप निरौलाले बताए। उनका अनुसार सडक पूर्णरूपमा सञ्चालन गर्न अझै एक हप्ता लाग्ने देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.