संविधान दिवसमा बजारको सरसफाइ

संविधान दिवसमा बजारको सरसफाइ

कालिकोट : संविधान दिवसको अवसर पारी कालिकोटको जिल्ला सदरमुकाम मान्म बजारको सरसफाइ गरिएको छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्व, नेपाल प्रहरी र नेपाली सेनाको सक्रियतामा संबिधान दिवस २०७५ का अवसरमा जिल्ला सदरमुकाम मान्म बजार सरसफाइ गरिएको हो। 

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले असोज ३ गते संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम हुने र त्यसैको अवसरमा जिल्ला सदरमुकाम मान्म बजार तथा जिल्ला समन्वय समितिको खुलामञ्चको सरसफाइ गरिएको बताए।

यस्तै संविधान दिवसकै अवसरमा जिल्ला समन्वय समितिको खुला मञ्चलाई रंङरोगन पनि गरिएको छ । प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, नेपाली सेनाको रणसुर गुल्मका गुल्मपती मेजर अमृत थापा मगर, जिल्ला प्रहरी प्रमूख डीएसपी बिनोद शर्मासहित नेपाल प्रहरी र नेपाली सेनाले हातमा बिल्चा, झाडो बोकेर बजार क्षेत्रमा सरसफाइ गरेका थिए।

२०७२ साल असोज ३ गते नेपालमा पहिलो पटक संविधान घोषणा भएको दिन पारी वर्षेनी संविधान दिवस मनाइँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.