प्रदेश ५ मा संविधान दिवसको उत्सव (फोटो फिचर)

प्रदेश ५ मा संविधान दिवसको उत्सव (फोटो फिचर)

बुटवल : पाँच नम्बर प्रदेशको मुकाम बुटवलमा संविधान दिवसको अवसरमा प्रभातफेरि गरिएको छ। पाँच नम्बर प्रदेश सरकारको आयोजनामा भएको प्रभातफेरिमा बुटवल उपमहानगरसहितका कार्यालयले समन्वय गरेका थिए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दरबार मार्गबाट सुुरु भएको प्रभातफेरिले बुटवल नगर परिक्रमा गरेको थियो। प्रभातफेरिमा पाँच नम्बर प्रदेशका सभामुख, मन्त्रीहरु, सांसदहरु, सरकारी उच्च पदस्त कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा बुटवल उपमहानगरसहितका विभिन्न संघसंस्थाहरुले सहभागिता जनाएका थिए।

प्रभातफेरि पश्चात बुटवल बहुमुखी क्याम्पसमा हुने विशेष समारोहमा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संम्बोधन गर्ने कार्यक्रम छ। संविधान दिवसका अवसरमा प्रदेश सरकारले तीन दिने विविध कार्यक्रम राखेको छ। दिवसको अवसरमा मंगलबार साँझ बुटवलमा दीप प्रज्वलन गरिएको थियो। प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरु झिलिमिली बत्तीहरुले सजाएको छ।

यसैबीच संविधान दिवसको पूर्वसन्ध्यामा शुभकामना दिदै प्रदेश प्रमुख उमाकान्त झाले नेपालीको बलिदानी पूर्ण आन्दोलनबाट प्राप्त अधिकारलाई संस्थागत गर्न सबै एक हुनुपर्ने बताएका छन्। प्रदेशले लिएको समृद्ध प्रदेश खुसी जनता नाराले सार्थक रुप पाउने विश्वास लिदै झाले समाजवादोन्मुख राष्ट्र निर्माणमा सफलता मिल्ने शुभकामना सन्देशमा भनिएको छ।

त्यस्तै मुख्यमन्त्री शंकर पोखरेलले शुभकामना सन्देश दिदै विकास र  समृद्धिको व्यग्र प्रतीक्षामा रहेका नागरिकहरुको अपेक्षालाई पूरा गर्ने सबैको दायित्व रहेको बताएका छन्। ‘तीनै तहमा जननिर्वाचित प्रतिनिधिहरुले तहगत सरकारको नेतृत्व सम्हालेदेखि संघीयताको राजनीतिक आधारशीला आधारभूत रुपमा खडा भएको छ। तर कानुनी, प्रशासनिक र संरचनागत हिसावले संघीयतालाई व्यवहारमा कार्यान्वयन अझै बाँकी छ। नागरिकको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयन आवश्यक छ’ शुभकामना सन्देशमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.