टुटेको परिवार जोड्दै न्यायिक समिती

टुटेको परिवार जोड्दै न्यायिक समिती

सन्धिखर्क : सन्धिखर्क नगरपालिका–९ का कोषबहादुर राउत र शारदा राउतबीच सात वर्षअघिदेखि वैवाहिकसम्बन्ध बिग्रिएको थियो । १५ वर्षअघि सामाजिक परम्पराअनुसार विवाह गरेका यो जोडीको सम्बन्ध ७ वर्षदेखि तनावपुर्ण थियो । परिवारलाई एक बनाउन गाउँका भलाद्मी र प्रहरीले पटक पटक प्रयास गरे पनि सम्भव भएको थिएन । सम्बन्धविच्छेदको अवस्थामा पुगेको उनीहरूको सम्बन्ध स्थानीय न्यायिक समितीले जोडिदिएपछि परिवारमा खुसी छाएको छ ।

सम्बन्धसुधार भएकोमा दुबैजना खुसी छन् । न्यायिक निकायमा हुने खर्चिलो र झन्झटिलो ब्यवस्थालाई सरलीकृत गर्दै सरकारले अबलम्बन गरेको न्यायिक समितिको काम कर्तव्य र क्षेत्राधिकारले जनताले राहत पाएका छन् । बिग्रिएको सम्बन्ध सुधार्न सहयोग गरेकोमा आफुहरू खुसी भएको कोशबहादुरले बताए । ११ वर्षकी छोरी र ६ वर्षका छोरा भएका यी दम्पत्तिको सम्बन्ध सुध्रिएपछि परिवार र सन्ततीको मुहारमा खुशी आएको समाजसेवी रामबहादुर रायमाझीले बताए । सन्धिखर्क नगरपालिकामा विकास निर्माणका समयमा उत्पन्न विवाद, लेनदेन, सम्बन्धविच्छेदकाका साथै देवानी तथा फौजदारी मुद्दा परेको सदस्यसचिव कृष्ण वर्माले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.