इन्द्रसरोवर : रोमाञ्चक जलयात्रा

इन्द्रसरोवर : रोमाञ्चक जलयात्रा

काठमाडौं धुलोधुवाँ, हिलोचिप्लो र कोलाहलबाट थोरै फुर्सद निकालेर कतै एकान्तमा घुम्न जाउँ भन्ने लाग्छ भने कुलेखानीको इन्द्रसरोवर उपयुक्त गन्तव्य हुन सक्छ। नेपालकै विशाल मानवनिर्मित इन्द्रसरोवर पुग्न काठमाडौंबाट ४२ किलोमिटर पार गरेर दुई घन्टामा पुग्न सकिन्छ। सुविधायुक्त बसाइका लागि इन्द्रसरोवर आसपास दर्जनौं होटेल र रिसोर्ट छन्।

आजकल इन्द्रसरोवरमा घुम्न ढुंगा चढेर रोमाञ्चक अनुभूति गर्न पाइन्छ। इन्द्रसरोवर मत्स्य व्यवसायी संघले सरोवरमा सुन्दर घर बनाएर जालमा माछापालन गरेको छ। स्थानीय रिसोर्टले यही तालका माछा आफ्ना पाहुनालाई पस्किन्छन्। कुलेखानीको मीठो माछा खान पल्केका आन्तरिक पर्यटक बारम्बार कुलेखानी पुग्छन्।

मौसमअनुसार रंग बदल्न सिपालु छ, इन्द्रसरोवर। वर्षा मौसममा हिले रंगमा बदलिने ताल शरद ऋतुमा पात पतिंगर कुहिएपछि लेउ लाग्दा हरियो देखिन्छ। हिउँदमा खुलेको नीलो आकाशसँगै सरोवर फेरि नीलो हुन्छ।

इन्द्रसरोवर वरपर परम्परागत ग्रामीण परिवेश पाइन्छ। तालको कुनाकाप्चातिर ढुंगा लिएर घुम्न जाँदा गाउँले जनजीवन, रहनसहन र भेषभूषाको अवलोकन गर्न पाइन्छ। इन्द्रसरोवरमा दर्जनौं खोलाबाट पानी खस्छन्। यहाँका पाखापखेरीमा चराको चिरबिरमात्रै होइन मौका मिले कयौं जंगली जनावरसमेत भेट्न सकिन्छ।

इन्द्रसरोवर सिस्नेरीदेखि मार्खुसम्म ७ किलोमिटर दूरीमा फैलिएको छ। यस तालबाट कुलेखानी पहिलो र दोस्रो आयोजना सञ्चालनमा छ। जलाशाययुक्त यो विद्युत् परियोजना २०४३ सालमा बनेको हो।

इन्द्रसरोवर नेपालीको जलविद्युत्को लाइफलाइन मात्रै होइन एउटा सुन्दर पर्यटकीय स्थल पनि हो। यहाँ बाह्रैमहिना ढुंगा सयर गर्न पाइन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.