कालिकोटलाई अपराधरहित बनाउने प्रहरीका पाँच लक्ष्य
कालिकोट : कालिकोट जिल्लालाई अपराधरहित जिल्ला बनाउन प्रहरीले पाँचवटा लक्ष्य सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटले अबको ६ महिनाभित्र जिल्लालाई अपराधरहित जिल्ला बनाउने भन्दै पाँचवटा लक्ष्य सार्बजानिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी बिनोद शर्माले कालिकोट जिल्लालाई अपराधरहित जिल्ला बनाउन पहिलो चरण प्रहरी कार्यालयबाटै सुरुवात गरिएको बताए। उनले भ्रष्टाचाररहित प्रहरी कार्यालय बनाउने, हरेक सेवाग्राहीको काम १० मिनेटमा गर्ने, महिला हिंसा र आत्माहत्यारहित जिल्ला बनाउने, ब्लग पुलिसिङको सुरुवात गर्ने र प्रमाणमुखी अनुसन्धान गर्ने लक्ष्य रहेको बताए।
जिल्ला प्रहरी कार्यालयको गेटमा कार्यालयका पाँचवटा लक्ष्य लेखेको बोर्ड सार्बजानिक गर्दै प्रहरी प्रमुख शर्माले कुनै पनि हालतमा कालिकोटलाई ६ महिनाभित्र अपराधरहित जिल्ला बनाउने प्रतिबद्धता जनाए।
जिल्ला प्रहरी कार्यालयमा हाजिर भएको ४५ दिनमा २३ वटा विभिन्न किसिमका मुद्धा दर्ता गरेका प्रहरी प्रमुख शर्माले अबको ६ महिनासम्म ५ सयसम्म मुद्धा दर्ता हुने र ६ महिना पछि जिल्ला प्रहरी कार्यालयले मुद्धा दर्ता गर्नु पर्ने कुनै पनि अपराध नहुने बताए। उनले भने, 'विगतमा जिल्लाका ठूलाबडाले सबैखाले अपराधमा मेलमिलाप गरी मिलाउने रहेछन्। महिला, बालबालिका र दलितको कुनै पनि मुद्धामा आफूले कुनै कसुर बाँकी नराख्ने बताए।
उनले जिल्लाका ९ वटै स्थानीय तहमा ब्लग पुलिसिङको सुरुवात गरी हरेक घरदैलोमा प्रहरी पुग्ने र त्यहाँ घट्ने अपराधका बारेमा जानकारी समेत लिने वातावरण बनाई सबै खाले अपराधलाई न्यूनिकरण गर्ने बताए। उनले भने, 'एकजना प्रहरीको भागमा १ सय ५० देखि २ सयसम्म घर जिम्मा लगाउँछु।
प्रहरीले ति सबै घरमा पुगेर त्यहाँको वास्तविक सूचना दिन्छ। यसले अपराध न्यूनिकरणमा ठूलो सहयोग पुग्नेछ। उनले कुनै पनि अपराध हुँदा प्रहरीले कानुनी कारबाही गरेर पीडितलाई न्याय दिनुका साथै गल्ती गरे सजाय हुन्छ भन्ने डर हरेक नागरिकको मनमा बसाल्नु पर्ने आवश्यकता रहेको बताए। उनले भने, 'जो कोहीले पनि गल्ती गरे म छोड्दिन्। अपराध अनुसारको कारबाही हुन्छ। नागरिकमा पनि प्रहरीप्रतिको विश्वास बढ्छ। गाउँमा सोझो नागरिकले अपराध लुकाएर बस्दैनन्।' खुलेर प्रहरी कार्यालयमा न्याय माग्न आउने वातावरण म बनाउँछु।उनले कार्यालयमा दर्ता भएका मुद्धामा पनि बढी महिला हिंसाकै घटना रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !