कम्युनिस्ट शासन ल्याउन चलखेल : कांग्रेस

कम्युनिस्ट शासन ल्याउन चलखेल : कांग्रेस

वीरगन्ज : कांग्रेस नेताले कम्युनिस्ट शासन ल्याउनका लागि दुईतिहाइको सरकार बनाइएको बताएका छन्। वीरगन्जमा सोमबार नेपाल प्रेस युनियन पर्साको नवौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा उनीहरूले लोकतन्त्र धरापमा पारेर कम्युनिस्ट शासन ल्याउन चलखेल भइरहेको बताए। ‘कम्युनिस्ट शासन ल्याउनकै लागि सरकारको पक्षमा दुईतिहाइ बहुमत पुरयाइएको हो’, उनीहरूले भने, ‘त्यसका लागि सरकार र सरकारमा रहेका दलहरूले वातावरण बनाइरहेका छन्।’

कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालले संघीयता असफल पारेर लोकतन्त्र धरापमा पारी कम्युनिस्ट शासन ल्याउन दुईतिहाइको सरकार बनाइएको बताए। न्यायालय, सुरक्षा निकाय र सञ्चार जगतमाथि हस्तक्षेप गरेर मुलुकमा कम्युनिस्ट शासन ल्याउने खेलमा सरकार र सत्तारुढ दल लागिपरेको उनको भनाइ थियो। तर, लोकतन्त्र मास्ने र कम्युनिस्ट शासन ल्याउने अभीष्ट भने पूरा नहुने दाबी उनले गरे।

‘लोकतन्त्र मास्न खोजियो भने दुईतिहाइको सरकार आफैं मासिएर जान्छ’, उनले भने, ‘जनताको भावना र चाहनाविपरीत चले यो दुईतिहाइ सरकारको पतन पनि निश्चित छ।’ सम्पूर्ण अधिकार संघमा केन्द्रित गरेर प्रदेश र स्थानीय सकारलाई कमजोर बनाइरहेको पनि उनको भनाइ थियो।

अर्का केन्द्रीय सदस्य अजय चौरसियाले दुईतिहाइ बहुमतको सरकारको अधिनायकवाद र तानाशाहीका कारण लोकतन्त्र धरापमा परेको बताए। कम्युनिस्ट शासन ल्याउनकै लागि नेकपाले संघीय समाजवादी फोरमलाई पनि सरकारमा लगेको उनको भनाइ थियो। ‘यो सरकारको पक्षमा दुईतिहाइ बहुमत पुर्‍याउनुको पछाडि अर्कै कुनै शक्तिको हात छ’, उनले भने, ‘त्यसको भण्डाफोर कांग्रेसले गर्छ।’

दुईतिहाइ बहुमतका आडमा सरकार र सत्तारुढ दलले संसदीय र प्रधानमन्त्रीय प्रणालीलाई संशोधन गरी राष्ट्रपतीय प्रणाली ल्याउने षड्यन्त्र गरिरहेको दाबी उनले भने। भने, ‘उनीहरूको मूल लक्ष्य भनेकै कम्युनिस्ट शासन ल्याउने नै हो।’ समाचार लेखेकै निहुँमा पत्रकारलाई थुनामा राख्ने सरकारको रवैयाले देशमा कम्युनिस्ट शासनको अनुभूति हुन थालिसकेको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.