कालिकोट-काठमाडौं सिधा बस सेवा सुरु

कालिकोट-काठमाडौं सिधा बस सेवा सुरु

कालिकोट : कालिकोट आइतबारदेखि सिधै राजधानी काठमाडौंसँग जोडिएको छ। मध्यश्चिम बस व्यवसायी समितिले पहिलो पटक कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखि सिधै केन्द्रीय राजधानी काठमाडौंसम्म बस संचालनमा ल्याएपछि कालिकोट राजधानीसँग जोडिएको हो।

आइतबार जिल्ला सदरमुकाम मान्मको जिरोपोइन्टमा तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले कालिकोट-काठमाडौं बस सेवाको उद्घाटन गरे। कर्णाली राजमार्गको सुरुवातदेखि नै नागरिकलाई सेवा प्रदान गर्दै आएको मध्यपश्चिम बस व्यवसायी समितिले पहिलो पटक कालिकोटदेखि काठकाडौंसम्म सिधै बस सेवा संचालनमा ल्याएको हो। 

कालिकोटदेखि काठमाडौं पहिलो पटक बस सेवाको उद्घाटन गर्दै तिलागुफा नगर प्रमुख शाहीले अब नागरिकलाई काठमाडौं आवतजावतमा सहज हुने बताए।उनले विगतमा कालिकोटदेखि सुर्खेत, सुर्खेतदेखि काठ्माण्डौ टिकट काटेर दुई दिन लगाएर जानुपर्ने बाध्यता थियो। उनले भने, 'अब कालिकोटमा टिकट काटेर काठमाडौ‌को बसपार्कमा ओर्लिन पाइने भयो।'

मध्यपश्चिम बस व्यवसायी समितिका रुट इन्चार्ज ध्रव थापाले कालिकोटबाट काठमाडौंसम्म जाने यात्रुको सहजताका लागि सिधै बस सेवा संचालन गरेको बताए। उनले अब कालिकोट जिल्लाको सदरमुकाम मान्मबाट हरेक दिन बिहान सवा ९ बजे बस छुट्ने जानकारी दिए। उनले भने, 'अब कालिकोट- काठमाडौं बस सेवा नियमित हुन्छ, ६ वटा बस संचालनमा ल्याइएको छ।यात्रुको चाप हेरेर बस थपिन पनि सक्छन्।'

उनले कालिकोट-काठमाडौंमा संचालन हुने गाडीमा ३२ जनाको सिट रहेको र सिटभन्दा बढी यात्रुलाई नराखिने बताए। आइतबार पहिलो पटक कालिकोटबाट काठमाडौंका लागि छुटेको ना ७ ख २०५७ नम्बरको गाडीमा एकजना काठमाडौं र चारजना कोहलपुरसम्म यात्रा गर्ने अवसर पाएका छन्। 

जीर्ण बन्दै  कर्णाली राजमार्ग
कालिकोटदेखि काठमाडौंसम्म सिधै रात्रि बस सेवा संचालन भएपछि यात्रा जोखिम बढेको छ। २०६४ सालमा नेपाली सेनामार्फत ट्याग खोलिएको कर्णाली राजमार्गको स्तोरोन्नती नहुँदा अहिले यात्रुले निकै सास्ती खेपिरहेका छन्।

नेपाली सेनाले ट्याग खोलेको साँघुरो सडकलाई निर्माण व्यवसायीले ओटासिल कालोपत्र गरे पनि ओटासिल गरेको वर्ष दिन नबित्दै सडक पुरानै अवस्थामा फर्केको छ। सडक जीर्ण हुँदा यातायात सेवा संचालनमा निकै चुनौती छ। 

कर्णाली राजमार्गमा पाँच वर्षदेखि गाडी चलाउँदै आएका चालक दिपक थापाले भने, 'राजमार्गका विभिन्न ठाउँमा पुल बनेका छैनन्। सडक निकै साँघुरो छ। अचान अर्को साइडबाट आएको गाडीलाई साइड दिनका लागि ५ सय मिटरदेखिसम्म गाडी ब्याग गर्नुपर्छ।यो समस्या कहिले समाधान होला।हामीले सधैं सास्ती खेपिरहेका छौं।' वर्षामा कर्णाली राजमार्ग हिलाम्मे हुँदा राजमार्ग अवरुद्ध भएको सन्दर्भलाई सम्झिँदै उनले भने, 'समयमै राजमार्गको स्तोरोन्नति होस्। अर्को बर्खामा फेरि समस्या नदोहोरियोस्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.