बिहेको बाचा पुरा नगरेपछि बलात्कार आरोप, घर छाडेर भागे प्रेमी

बिहेको बाचा पुरा नगरेपछि बलात्कार आरोप, घर छाडेर भागे प्रेमी

वीरगन्ज : वाचा अनुसार प्रेमीले बिहे नगरेपछि प्रेमीकाले बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन् । आफ्नै प्रेमिकाले बलात्कारको आरोप लगाउँदै उजुरी दिएपछि आरोपित प्रेमी घर छाडेर फरार भएका छन् ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२० बेल्वाकी १८ वर्षीया किशोरी र वीरगञ्ज महानगरपालिका–२० का २१ वर्षीय युवाबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो । दुवैले आपसी सहमतिमा पटक पटक शारीरिक सम्बन्धसमेत राखेको खुलेको छ । 

प्रेम सम्बन्धमा रहेका दुवैले बिहे गर्ने बाचा एकआपसमा गरेका थिए । तर सम्शादका अभिभावक उनीहरुको बिहेको पक्षमा थिएनन् । अभिभावकले बिहेको मञ्जुरी नदिए पनि सम्शादले प्रेमिकालाई बिहे आश्वासन दिँदै आएका थिए । 

बिहेकै लागि नै भनेर सम्शादले प्रेमिकालाई गत शनिवार सिमरास्थित ठुलीआमाको घरमा लिएर गएका थिए । तर ठुलीआमाको घरमा पुगेपछि अचानक सम्शादले बिहे गर्न नसक्ने बताएपछि आक्रोशित प्रेमिकाले आइतवार जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर प्रेमीले बलात्कार गरेको भन्दै उजुरी दिएकी हुन् ।

उजुरीमा उनले सम्शादले आफुलाई विभिन्न प्रलोभन दिएर पटक पटक जबरस्ती करणी गरेको बताएकी छन् । उनले आफूमाथि यही शनिवार पनि बलात्कार भएको उल्लेख गरेकी छन् । उजुरीमा ती किशोरीले सम्शादसँग आफनो प्रेमसम्बन्ध रहेको खुलाएकी छैनन् । पर्सा प्रहरीले घटना बाराको भएकाले पीडित किशोरीलाई सोमबार जिल्ल प्रहरी कार्यालय बारामा पठाइएको पर्सा प्रहरीले जनाएको छ । 

बाराका प्रहरी नायव उपरीक्षक रन्जितसिंह रौठौरले पनि उजुरीसहित किशोरीलाइ पर्सा प्रहरीले सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पठाएको जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीले बाचा अनुसार आजादले विहे गर्न नमानेपछि बलात्कारको उजुरी दिएको बताएको प्रहरी नायव उपरीक्षक राठौरले जानकारी दिए । 

किशोरीले प्रहरीमा उजुरी दिएपछि आरोपित सम्शाद घर छाडेर फरार भएका छन् । उनको खोजी भइरहेकोप्रहरीले जनाएकोे छ । ‘घटनाबारेमा अनुसन्धान गरिरहेका छौँ’, उनले भने, ‘पीडित भनिएकी किशोरीलाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.